Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्युजिल्यान्डमा बलिउड फिल्म कश्मीर फाइल्समाथि किन लगाइयो प्रतिबन्ध !

भारतमा पछिल्लो समयमा रिलिज भएको बलिउड फिल्म ‘द कश्मिर फाइल्स’अहिले चर्चामा रहेको छ । भारतमा रिलिज भएपछि चर्चामा रहेको फिल्म ‘द कश्मिर फाइल्स’ अब न्युजिल्यान्डमा चर्चित भएको छ ।

यद्यपि यो फिल्मलाई न्युजिल्यान्डमा प्रदर्शनमा भने रोक लगाइएको छ । पहिले फिल्मलाईं ‘ए’ सर्टिफिकेटका साथ रिलिजका लागि अनुमती दिइएको थियो । तर मुश्लिम समुदायको मागप्रति समीक्षा गर्दै सेन्सर बोर्डले फिल्ममाथी रोक लगाउने फैसला गरेको हो ।

सेन्सर बोर्डको यो फैसलाबाट न्यूजिल्यान्डका पूर्व उप राष्ट्रपति भड्किएका छन् । उनले भने, ‘इश्लामको नाममा आतंकवादीलाई प्रश्रय दिनु हुन्नँ ।’

न्युजिल्यान्डका पूर्व उप राष्ट्रपति विन्स्टन पिटर्सले यसलाई न्युजिल्यान्डसमेत विश्वभरीका मानिसको स्वतन्त्रतामा हमला गरेको बताएका छन् । अफ्नो फेसबुक पोस्टमा पीटर्सले लेखेका छन्, ‘यो फिल्मलाई सेन्सर गर्न न्युजिल्यान्डमा १५ मार्चको अत्याचारको जानकारीलाई लुकाए सरह हो ।’

पिटर्स थप्छन्, ‘इश्लामको नाममा आतंकवादीलाई बचाउनु हुन्नँ । आतंकवादलाई सबै पक्षबाट विरोध गर्नुपर्छ ।’ सेन्सर बोर्डले यो विवादको विषयमा भनेको छ, ‘फिल्म सेन्सर गर्नुको अर्थ यो होइन कि देशमा फिल्ममाथि प्रतिबन्ध लगाइँदै छ । मुस्लिम समुदायको सदस्यले हामीलाई सम्पर्क गरेर फिल्मले मुस्लिम विरोधी भावना र घृणा बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।’

द कश्मीर फाइलसले ९ दिनमा २४.८० करोड भारुको व्यापार गरेको थियो । ११ मार्चमा रिलिज भएको फिल्मले हालसम्म बक्स अफिसमा १ अर्ब ४१ करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ । व्यापार विज्ञहरुका अनुसार सोमबारसम्म फिल्मको व्यापार १ अर्ब ७५ करोड भारु पुग्ने छ । किनकी फिल्मको अग्रिम बुकिङ पनि अत्यन्त धेरै छ ।

​मध्य प्रदेश, गुजरात, कर्नाटक, उत्तर प्रदेश, हिमाञ्चल प्रदेश, गोवा र त्रिपुरा समेत मिलाएर ८ राज्यमा फिल्मलाई पहिलेनै कर छुट दिइएको थियो ।

अब केन्द्र शासित प्रदेश चन्डीगढलाई समेत मिलाएर यो संख्या नौ पुुगेको छ ।

प्रकाशित मिति: Mar 22, 2022

प्रतिक्रिया दिनुहोस्