Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाहको चार वर्षपछि आमाबुवा बन्दैछन् सोनम आनन्द !

अभिनेत्री सोनम कपुर आफू गर्भवती भएको खबर सबै सामु सियर गरेकी छन् । उनले श्रीमान् आनन्द आहुजासँग आफ्नो फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी छिन् ।

​सोनम र आनन्द, विवाहको चार वर्षपछि आफ्नो पहिलो बच्चालाई स्वागत गर्नका लागि तयार छन् । उनीहरुले ८ मे सन् २०१८ मा विवाह गरेका थिए । विवाहपछि सोनम श्रीमानसँग लण्डन गएकी थिइन् । थुप्रै पटक सोनमको एयरपोर्ट लुकले उनी गर्भवती भएको हो कि भन्ने अफवाह उड्ने गर्दथ्यो । हरेक पटक सोनमले यी खबरलाई खारेज गर्दै आएकी थिइन् । तर अब सोनमले फोटोसहित आफ्नो अवस्थाबारे जानकारी दिएकी छिन् ।

गर्भवती भएको भन्ने अफवाहलाई अब सोनम कपुरले अन्ततः विराम लगाएकी छिन् । बेबी बम्पसहित सोनमले आफू गर्भवती भएको खबर सबैमाझ साझा गरेकी छिन् ।सोनमले फोटो सेयर गर्दै लेखिन्, ‘चार हात । तिम्रो उत्कृष्ट पालनपोषणका लागि जति हामी गर्न सक्छौँ । दुई मुटु । जुन तिमीसँगै धड्कन सक्नेछ, हरेक मोडमा । हाम्रो परिवार जसले तिमीमाथि प्रेम बर्साउनेछन् र समर्थन गर्नेछन् । हामी तिम्रो स्वागत गर्नका लागि थप प्रतीक्षा गर्न सक्दैनौँ ।’

यो खबर फैलिन धेरै बेर लागेन । वाणी कपुर, करिना कपुर, अंशुला, खुसी, अबू जानी, जान्ह्वीसमेत थुप्रै सेलिब्रिटीले सोनमलाई बधाई दिएका छन् । करिनाले आफ्नो खुसीलाई रोक्न सकिनन् र उनले लेखिन्, ‘वुहु, असाध्यै खुसी छु तिमीहरु दुबैजनाका लागि । बच्चाहरु सँगै खेल्नका लागि प्रतीक्षा गर्न सक्दिनँ..’

 

 

 

प्रकाशित मिति: Mar 21, 2022

प्रतिक्रिया दिनुहोस्