Logo
१७ बैशाख २०८१, सोमबार
(March 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चैत्र ११ गते चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउने निश्चित

चैत ११ गते चिनीयाँ विदेश मन्त्री वाङ यी  नेपाल भ्रमणमा आउने निश्चित भएको छ ।

परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले सोमबार बताएको छ ।नेपाल भ्रमणका क्रममा विदेश मन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् ।

यस्तै परराष्ट्र मन्त्री खड्कासँग दुई पक्षीय भेटवार्ताको मिति चैत १२ गतेका लागि तोकिएको छ । भ्रमणका क्रममा उनले पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने तय भएको छ ।

विदेश मन्त्री वाङ चैत १३ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति: Mar 21, 2022

प्रतिक्रिया दिनुहोस्