Logo
१७ बैशाख २०८१, सोमबार
(March 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री आलेसँग अमेरिकी राजदूत म्यानुयल मिक्यालरको भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत म्यानुयल मिक्यालरबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको आज भएको उक्तभेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

सो भेटवार्ताका क्रममा मन्त्री आलेले अमेरिकी सरकारले नेपालको विकासलगायतका विविध क्षेत्रका साथै कोरोना भाइरसविरुद्ध लड्नका लागि गरेको सहयोगको सराहना गरे ।

कार्यवाहक राजदूत मिक्यालरले नेपालमा पर्यटन प्रवर्द्धन, कला संस्कृति तथा नागरिक उड्डयनका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताएका थिए।

प्रकाशित मिति: Mar 16, 2022

प्रतिक्रिया दिनुहोस्