Logo
१७ बैशाख २०८१, सोमबार
(March 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा र साउदी विदेशमन्त्रीबीच भेटवार्ता

दुई दिने नेपालको भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउद र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेतवार्ता भएको छ ।

सोमबार श्रीलङ्काबाट नेपाल आइपुगेका साउदी राजकुमार फैसल प्रधानमन्त्री देउवाबीच मंगलबार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।त्यसअघि परराष्ट्रमन्त्री नारायण खड्का र साउदीका विदेशमन्त्रीसमेत रहेका राजकुमार फैसलबीच परराष्ट्र मन्त्रालयमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति: Mar 15, 2022

प्रतिक्रिया दिनुहोस्