Logo
६ जेष्ठ २०८१, आईतबार
(March 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलिया भट्टले आज जन्मदिन मनाउदैँ, २९ वर्षमा कमाइन् ७४ करोड सम्पति !

बलिउड अभिनेत्री आलिया भट्ट आज आफ्नो २९ औँ जन्मदिन मनाइरहेकी छिन् । आलिया भट्टको जन्म १५ मार्च सन् १९९३ मा मुम्बईमा भएको थियो । आलिया सामाजिक सञ्जालमा सक्रिय हुने अभिनेत्रीमा पर्ने गर्छिन् ।

आलिया सोसल मिमिडामा सबैभन्दा बढी ट्रोलको निशानामा पर्ने सेलिब्रिटीमध्ये उनी पनि एक हुन् । उनलाई धरै जसो नेपोटिजमको विषयमा टिकाप्पिणी धेरै सुनाउने गरिन्छ ।

नायिका यो मौकामा आफ्नो परिवारसँग माल्दिभ्सको यात्रामा गएकी छिन् । उनले त्यहाँ नै आफ्नो जन्मदिन मनाउनेछिन् । नायिकाको जन्मदिनको मौकामा उनीबारे केही थप जानकारी लिऔँ ।

उनको हालै रिलिज भएको फिल्म गंगुबाई काठियावाडीमा उनको प्रस्तुतीको धेरैले प्रशंसा गरेका छन् । फिल्मले उत्कृष्ट कमाई पनि गरेको छ ।

आलियाको कुल सम्पत्तिको कुरा गर्नुपर्दा भारतीय सञ्चार माध्यममा प्रकाशित रिपोर्टका अनुसार उनको कुल सम्पत्ति ७४ करोड भारु हो ।

आलिया एउटा फिल्मका लागि ९-१९ करोड भारु पारिश्रमितक लिन्छिन् । यसबाहेक मुम्बईको बान्द्रामा उनको एउटा घर छ जसको मूल्य ३४ करोड बताइएको छ । यसका साथै लण्डनमा पनि उनको एउटा घर छ ।

आलियालाई गाडीको पनि शौख छ । उनीसँग आफ्नै भ्यानिटी भ्यान पनि छ । यसका साथै उनीसँग अडी एसिक्स छ जसको मूल्य करिब ६० लाख छ ।

उनीसँग एउटा रेन्ज रोवर पनि छ जसको मूल्य १.७४ करोड हो । यतिमात्रै होइन उनीसँग एउटा बीएमडब्ल्यू सेभेन पनि छ जसको मूल्य १.३७ करोडको छ ।

आलियाको आउँदो चलचित्रको कुरा गर्ने हो भने उनीसँग आर आर आर, रकी र रानी की प्रेम कहानी, ब्रम्हास्त्र र डार्लिङ्ग्स जस्ता फिल्म पाइपलाइनमा छन् । यसबाहेक उनीसँग एउटा हलिउड प्रोजेक्ट पनि छ जसको नाम हार्ट अफ स्टोन हो ।

आलियाले आफ्नो करियरको सुरुवात सन् २०१२ मा फिल्म स्टुडेन्ट अफ द इयरमार्फत् गरेकी थिइन् । उनले यो फिल्ममा काम गर्दा उनीमाथि नेपोटिजमको आरोप लागेको थियो ।

फिल्ममा वरुण धवन पनि थिए ।तर निकै थोरैलाई मात्र थाहा होला कि आलियाले यो फिल्ममा मुख्य भूमिकाका लागि ४०० जनासँग प्रतिस्पर्धा गरेकी थिइन् ।

यसबाहेक राजी, गली बोय, उडता पञ्जाब, डियर जिन्दगी, हाइवे, २ स्टेट्स, बद्रिनाथ की दुल्हनिया, कलंक र सडक टु जस्ता फिल्ममा उनको पात्रलाई रुचाइएको छ ।

 

 

 

प्रकाशित मिति: Mar 15, 2022

प्रतिक्रिया दिनुहोस्