Logo
६ जेष्ठ २०८१, आईतबार
(March 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमिर खानले आज जन्मदिन मनाउँदै, यस्ता छन् उनको जीवनसँग जोडिएका रहस्य !

बलिउडका चर्चित अभिनेता आमिर खानले आज जन्म दिन मनाउँदै छन् । आमिरको जन्म सन् १९६५ को मार्च १४ तारिखमा तत्कालीन बम्बे (हाल मुम्बई) मा फिल्म निर्माता ताहिर हुसैन र जिनत हुसैनको घरमा भएको थियो ।

आमिर खानको पूरा नाम मोहम्मद आमिर हुसैन खान थियो । आमिर खान ५७ बर्षका भएका छन् ।चार भाइ बहिनीमध्ये सबैभन्दा जेठा आमिरका ठूलो बुवा नासिर हुसैन पनि एक जमानाका चर्चित निर्माता– निर्देशक थिए ।आमिरका पिता साना तिना फिल्म निर्माण गर्ने गर्दथे, तीमध्ये धेरै फ्लप हुने गर्दथ्यो ।

फलस्वरुप, आमिरको बाल्यकाल अभावमा बित्यो । आमिरलाई सधैँ स्कूलमा फि तिर्न नसकेपछि निकाला गरिदिने पो हो कि भन्ने पीर हुन्थ्यो ।

हाम्रो घरमा पैसा फिर्ता देऊ भनेर दैनिक करिब ३० वटा फोन आउँथ्यो,’ आमिर खान । आमिरले आफ्नो अभिनय करियरको सुरुवात बाल कलाकारको रुपमा फिल्म यादों की बारातबाट गरेका थिए । त्यसपछि आमिरले मुख्य अभिनेताको रुपमा बलिउडमा प्रवेशका लागि थुप्रै वर्षसम्म मिहिनेत गर्नुपरेको थियो ।

आमिरले अवन्तर नामको थिएटर ग्रुप जोइन गरे र एक वर्षसम्म स्टेजको पछाडि बसेर काम गरे । एक वर्षपछि उनले पृथ्वी थिएटरमा भएको एउटा नाटक ‘केसर बिना’ मा स्टेजमा अभिनय गर्ने मौका पाए । पढाई छोडेपछि आमिरले काका नासिर हुसैनको मञ्जिल–मञ्जिल र जबरदस्तजस्ता फिल्ममा सहायकको भूमिका निर्वाह गरे ।

आफ्नो जीवनको ३० वर्षभन्दा बढी समय अभिनयलाई दिइसकेका आमिरले पद्मश्री, पद्मभूषणबाट सम्मानित गरिसकिएको छ । आज उनको जन्मदिनको विशेष मौकामा उनीबारे थप जानकारी लिऔँ ।

हिन्दी सिनेमासँग सम्बन्ध राख्ने आमिरको परिवारले आफ्नो छोरा यो उद्योगको हिस्सा बनोस् भन्ने चाहेका थिएनन् । यो काममा असाध्यै भागदौड थियो तर स्थायी केही पनि नभएकोले उनको परिवार छोरा इन्जिनियर बनोस् भन्ने आमिरका पिताको चाहना थियो । तर छोराको भाग्यमा अर्कै कुरा लेखिएको थियो ।१६ वर्षको उमेरमा आमिर आफ्ना साथी आदित्य भट्टाचार्यको साइलेन्ट फिल्म प्यारानियाको हिस्सा बनेका थिए । यो फिल्मका लागि श्रीराम लागूले उनलाई केही पैसा दिएका थिए । परिवारको डरले आमिर कसैले थाहा नपाउने गरी फिल्मको सुटिङका लागि जाने गर्दथे ।

फिल्ममा उनीसँग नीना गुप्ता र विक्टर बनर्जी मुख्य भूमिकामा थिए । यो फिल्ममा काम गर्दै गर्दा आमिरले अभिनयमा करियर बनाउने सोचिसकेका थिए ।

अभिनेता बन्न वर्षौंको प्रतीक्षाः

पितालाई सहयोग गर्दा नै आमिर फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाका विद्यार्थीले बनाएको थुप्रै डकुमेन्ट्रीको हिस्सा थिए । यस्तै, एक डकुमेन्ट्रीमा आमिरको अभिनय देखेर निर्देशक केतन मेहता यति प्रभावित भए कि उनले आमिरलाई आफ्नो कम बजेटको फिल्म होलीमा कास्ट गरे ।

किसिङ सीन र आमिरः

आमिर खानले पहिलो फिल्म कयामत से कयामत तकमा नै किसिङ सीन दिएका थिए । सुटिङका बेला जुही चावलाले आमिरसँग यो सीन दिन अस्वीकार गरेकी थिइन् जसका कारण सुटिङ रोक्नुपरेको थियो । पछि निर्देशक मञ्सुर अली खानले भनेपछि जुही राजी भएकी थिइन् ।

आमिर खानले दोस्रो पटक राजा हिन्दुस्तानीमा करिष्मा कपुरसँग किसिङ सीन दिएका थिए । यो १ मिनेटको किसिङ सीन थियो । यो त्यो समयको सबैभन्दा लामो किसिङ सीन थियो । एउटा पारिवारिक फिल्ममा यति लामो किसिङ सीन देखेर सबैजना हैरान थिए । यसका लागि निर्माताले आलोचना सामना गर्नुपरेको थियो ।

यो एक सीनको सुटिङका लागि चार दिनको कडा मिहिनेत लागेको थियो । यसलाई उटीको चिसोमा तेज वर्षामा सुट गरिएको थियो । यो सीनलाई परफेक्ट बनाउनका लागि ४७ टेक लिइएको थियो । करिष्माले एक अन्तरवार्तामा सुटिङका बेला आफूहरु असाध्यै असहज भएको र यो सिन कहिले सिद्धिएला भनेर कामना गरिरहेका थिए, तर यही सिन फाइनल हुन धेरै समय लागेको थियो ।

वर्षौंसम्म लुकाएका थिए पहिलो विवाहः

आमिरले १८ अप्रिल सन १९८६ मा आफ्नो बाल्यकालकी प्रेमिका रिना दत्तासँग विवाह गरेका थिए । जब आमिरले कयामत से कयामत तक फिल्मबाट डेब्यु गरे तब उनले आफ्नो इमेजमा पर्ने भिन्नताका कारण थुप्रै वर्षसम्म आफ्नो विवाहलाई गोप्य राखे । सुरुमा आमिरका घरका सदस्यलाई नै छोराको विवाहबारे थाहा थिएन ।

रिनाले कयामत से कयामत तक फिल्ममा एउटा सानो भूमिका निभाएकी थिइन् । यसबाहेक उनी लगान फिल्ममा पनि निर्माता भएकी थिइन् ।

लगान फिल्मको सुटिङका बेला आमिरको भेट किरण रावसँग भएको थियो । यो फिल्ममा उनी सहायक निर्देशक थिइन् । सुटिङका बेला किरण र आमिरको निकटता बढ्यो र त्यसको अर्को वर्ष किरणले जेठी श्रीमती रिनासँग सम्बन्धविच्छेद गरे ।

दिव्या भारतीसँग ठाकठुक :

एक स्टेज शोका बेला दिव्या भारतीले आफ्नो डान्स स्टेप बिर्सिएकी थिइन् । जसका कारण आमिर यति रिसाएका थिए कि उनले दिव्यासँग प्रस्तुती दिन अस्वीकार गरेका थिए । पछि सलमान खानले आमिरको स्थान ओगटे । आमिरको यस्तो व्यवहारले दिव्या यति दुःखी भइन् कि उनले बाथरुममा घण्टौँसम्म रोएर बिताइन् ।

दिव्यालाई फिल्मबाट निकाले :

डर फिल्ममा जुहीभन्दा अघि दिव्या भारतीलाई कास्ट गर्ने कुरा थियो तर आमिर उनीसँग यति रिसाएका थिए कि उनले निर्मातासँग कुरा गरेर उनलाई फिल्मबाट निकालिदिए । यो कुराको खुलासा दिव्या आफैंले एक अन्तर्वारताका क्रममा गरेकी थिइन् ।

विवादसँग आमिरको पुरानो नाता :

फना फिल्मको प्रोमोसनका बेला आमिर खानले नर्मदा बचाओ आन्दोलनमा आफ्नो समर्थन दिएका थिए । यतिबेला अभिनेताले भाजपा र तत्कालीन गुजरात मुख्यमन्त्री नरेन्द्र मोदीलाई समस्याको कारण बताएका थिए । आमिरको यो बयान सार्वजनिक भएपछि मानिसहरु आक्रोशित भएर आमिरमाथि माफी माग्न दबाब बनाइरहेका थिए ।

असहिष्णुतामाथि बयान दिएर फसे आमिर :

सन् २०१५ मा आमिरले एक कार्यक्रमका बेला असहिष्णुतामाथि बयान दिएका थिए । आमिरले देशमा मुस्लिमविरुद्ध र सर्वसाधारणमाथि भइरहेको हिंसामा उनकी श्रीमती किरण असाध्यै डराएको बताएका थिए । उनले उनकी श्रीमती परिवारसहित देश छोडेर जान चाहेको बताएका थिए । आमिर खानको यो बयानले देश दुई गुटमा बाँडिएको थिये थियो र उनले ट्याग पाए – एन्टि नेशनल ।

गुमाए ठूला ब्रान्ड :

असहिष्णुतामाथि बयान दिएपछि आमिरले इन्क्रेडिबल इन्डिया र स्न्यापडिलको ब्रान्ड एम्बेसेडरको पद गुमाए ।

म भारतमा नै जन्मिएँ र भारतमै मर्छु : आमिर खान

एकवर्षसम्म भएको विवादपछि आमिर खानले यो मुद्दामा स्पष्टिकरण दिए । उनले यो बयानलाई गलत तरिकाले पेश गरेको बताउँदै आफू भारतमा नै जन्मिएको र यहाँ नै मर्ने बताए । रातोपाटी

प्रकाशित मिति: Mar 14, 2022

प्रतिक्रिया दिनुहोस्