Logo
६ जेष्ठ २०८१, आईतबार
(March 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्तिक आर्यनलाई ‘मसँग बिहे गर, २० करोड दिन्छु’ फ्यानले भनेपछि….!

भारतीय अभिनेता कार्तिक आर्यन सामाजिक संजालमा पनि निकै सक्रिय रहने अभिनेता हुन् । उनी आफ्नो आगामी प्रोजेट र दैनिक जीवनसँग सम्बन्धित पोष्ट सेयर गरिरहन्छन् ।

भिडियो एक सानी बालिका फ्यानसँगको छ ।हालै पनि उनले एक भिडियो सेयर गरेका छन् । भिडियोमा ती बालिकाले आर्तिकको फिल्म ‘धमाका’को एक डाइलग बोल्दै गरेको देखिएकी छन् । त्यसका क्याप्सनमा कार्तिकले लेखेका छन् ‘सबैभन्दा प्यारा अर्जुन पाठक ।’ उनको यो भिडियोमा धेरैले कमेन्ट सहित माया देखाएका छन् ।

त्यही क्रममा एक फ्यानले कमेन्ट गर्दै कार्तिकलाई भनेका छन् ‘मसँग विहे गर, म २० करोड दिन्छु ।’ जसमा कार्तिकले पनि ठट्टा गर्दै ‘कहिले?’ भन्ने जवाफ दिएका छन् । जवाफमा अभिनेताले हाँसोको इमोजी समेत शेयर गरेका छन् ।

फ्यानको अफर र कार्तिकको जवाफ अहिले चर्चाको बिषय बनेको छ । कामको कुरोगर्ने हो भने कार्तिक अहिले फिल्म ‘शहजादा’ को सुटिङमा व्यस्त छन् ।

यो फिल्म अल्लु अर्जुनको तमिल फिल्म ‘अला वैकुन्ठपुरमुलु’को हिन्दी रिमेक हो । रोहित धवनको निर्देशन रहेको फिल्म ‘शहजादा’ मा कार्तिकको अलवा परेश रावल, रोहित बोस रोय, मनिषा कोइराला लगायतको मुख्य भुमिका रहनेछ । फिल्म ४ नोभेम्बर २०२२ मा रिलिज हुँदैछ । एजेन्सी

प्रकाशित मिति: Mar 11, 2022

प्रतिक्रिया दिनुहोस्