Logo
६ जेष्ठ २०८१, आईतबार
(March 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१५ वर्षपछि आदित्य नारायणले किन छोडे होस्टिङ ? यस्तो छ कारण !

भारतीय कलाकार आदित्य नारायण विशेषत होस्टको काम गर्दै आएका थिए । उनले आफ्नो जिवनको करियरको सुरुवातबाट नै होस्टिङ गरेका थिए । ९० को दशकमा आदित्य नारायणको करियरको सुरुवात बाल कलाकारको रुपमा भएको थियो । बाल कलाकारको रुपमा उनलाई व्यापक मन पराइयो । यद्यपि, ठूलो भएपछि उनको जादुले काम गर्न सकेन । फिल्ममा फ्लप भएपछि आदित्य सानो पर्दामा रियलिटी शोमा होस्ट बनेका थिए ।

होस्टको रुपमा आदित्यको जादु चल्यो । त्यसपछि उनी ‘सा रे गा मा पा’ र ‘इन्डियन आइडल’ जस्ता शोमा होस्ट गर्न थाले । तर आदिल्यले होस्टिङ छोडेका छन् । करिब १५ वर्ष पहिले आदित्यले ‘सा रे गा मा’ बाट रियालिटी शो मा कदम राखे र धेरैको मनमा राज गरे । सबै राम्रो चलिरहेको थियो । तर किन छोड्ने फैसला लिए त्यो कसैलाई पनि थाहा छैन् । हालै आदित्यले यसबारे जानकारी दिएका छन् ।

आदित्यले होस्टिङलाई किन भने अलबिदा ?

आदित्यले अचानक एक सोशल मिडिया पोष्टको माध्यमबाट आदित्यले होस्टिङ छोड्ने घोषणा गरेर सबैलाई अचम्मित पारिदिए । अब सोही एएमए सेशनको अवधिमा उनले होस्टिङमा खुलेर कुराकानी गरेका छन् ।

आदित्यले बताए अनुसार अब उनी होस्टिङ नभई गायन र फिटनेसमा ध्यान दिने बताएका छन् ।आदित्यले आफ्नी छोरी त्विषा र पत्नी श्वेतासँग समय बिताउन चाहेको बताएका छन् ।

होस्टिङले उनलाई पहिले जस्तो प्रभावित बनाउन नसकेको पनि उनले बताएका छन् ।यो बाहेक कुरा पैसाको पनि हो । गायक र अभिनेता आदित्य नारायण भन्छन्, ‘होस्टको रुपमा च्यानलले मलाई खासै पैसा दिनेछैनन्, जति अहिले दिइरहेका छन् । ’

प्रकाशित मिति: Mar 10, 2022

प्रतिक्रिया दिनुहोस्