Logo
६ जेष्ठ २०८१, आईतबार
(March 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करण जोहरले तीन नयाँ स्टारकिडलाई लञ्च गर्ने भएपछि नातावाद भन्दै परे निशानामा

बलिउडका चर्चित निर्माता मध्ये एक हुन् करण जोहर ।करणले स्टार किड्सलाई लञ्च गर्छन् भन्ने ट्याग सदा पाइरहेका हुन्छन् । यसका लागि उनी कंगना रनौतको निशानमा पनि परे ।

तरपनि करण जहोर एकपटक पुनः स्टारकिड्स लञ्च गर्ने तयारीमा छन् । यसको जानकारी उनी आफैंले सोसल मिडियामा दिएका छन् । करण जोहरको यो घोषणा पछि कतिले विभिन्न कयास लगाउन सुरु गरिसकेको छन् र कतिले त उनीहरुलाई ट्रोल गर्न सुरु गरेका छन् ।

करणले अहिलेसम्म थुप्रै हिट फिल्म दिइसकेका छन् । यसका साथै उनले थुप्रै नयाँ अनुहारमा इन्डष्ट्रिमा लञ्च पनि गरेका छन् ।

३ मार्चमा करण जोहरको धर्मा प्रोडक्सन आफ्नो नयाँ फिल्म घोषणा गर्दैछन् । यो फिल्मार्फत् तीन नयाँ अनुहारलाई पनि बलिउडमा पनि लञ्च गरिनेछ । करणले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेका छन् ।

भिडियोमा आलिया भट्ट, जान्ह्वी कपुर, इशान खट्टर, अनन्या पाण्डे, तारा सुतारिया र सिद्धार्थ मल्होत्राका फिल्मी दृश्य पनि समावेश गरिएका छन् । ब्याकग्राउन्डमा स्टुडेन्ट अफ द इयर-२ को गीत पनि बजिरहेको छ । यो भिडियोको अन्तिममा लेखिएको छ, ‘भोलि हुनेछ ठूलो घोषणा ।’

भिडियोसँगै करण जोहरले क्याप्सनमा लेखे, ‘यो पीढि पहिलाको जस्तै प्रतिभाशाली छन् र अब हामी यसमा समावेश हुने बेला आएको छ । हामी धर्मामुभिजमा कहानी सुनाउने हाम्रो परिवारमा तीन नयाँ सदस्य समावेश गरेर हामी निकै खुसी छौँ । एउटा नयाँ फिल्म र कलाकारको घोषणा भोलि बिहान १० बजे तपाईंसम्म पुग्नेछ ।’

यो घोषणापछि करणका प्रशंसकले नामबारे अनुमान गर्न थालेका छन् । सनाया कपुर, खुसी कपुर, आर्यन खान, इब्राहिम अली खानको नाममाथि कयास लगाइरहेका छन् । यस्तै, कतिले उनलाई ट्रोल गर्न सुरु गरेका छन् । नोपोटिजमको विषयमा प्रयोगकर्ताले उनीमाथि अट्याक गरिरहेका छन् । यस्तै, इशान खट्टर, जान्ह्वी कपुरको नाम लिएर ‘के यो ट्यालेन्ट हो’ भनेर प्रश्न सोधिरहेका छन् । यस्तै एक प्रयोगकर्ताले लेखे, ‘आलिया भट्टबाहेक अरु कोही पनि क्षमतावान् छैनन् । नेपोटिजमको पसल ।’

 

View this post on Instagram

 

A post shared by Karan Johar (@karanjohar)

प्रकाशित मिति: Mar 3, 2022

प्रतिक्रिया दिनुहोस्