Logo
१७ बैशाख २०८१, सोमबार
(February 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा थप ५७० जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७८९ नमुना परीक्षण गरिएको थियो ।७ हजार २८ जनानाको पीसीआर परीक्षण गर्दा ३६४ र दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ गरी ५७० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ४४ हजार ३३७ जना पुगेको छ ।

यस्तै बिहीबार थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०५ पुगेको छ ।

हाल देशभर १६ हजार ६१६ सक्रिय सङ्क्रमित छन् । जसमध्ये १७ हजार ५८० सक्रिय सङ्क्रमित होम आइसोलेसनमा छन् भने ६७१ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १५६ जनाको आइसियु र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Feb 17, 2022

प्रतिक्रिया दिनुहोस्