Logo
२८ बैशाख २०८१, शुक्रबार
(February 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भावस्थामा कोरोनाको खोप लगाउँदा आमा र जन्मिने शिशु दुवै सुरक्षित हुन्छन् : अध्ययन

गर्भावस्थामा कोभिड-१९ विरुद्धको खोप लगाउँदा आमा र जन्मिने शिशु दुवैलाई सुरक्षा प्रदान गर्ने अमेरिकाको एक अध्ययनले देखाएको छ ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी० र अमेरिकाका विभिन्न बाल अस्पतालका अनुसन्धानकर्ताले गरेको अध्ययन प्रतिवेदनमा गर्भावस्थामा कोभिड खोपले जन्मिने शिशुलाई सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ ।

हिजो मङ्गलवार सार्वजनिक प्रतिवेदनमा गर्भावास्थामा कोरोना खोप लगाएका माहिलाबाट जन्मिएका शिशुमा कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना हुने सम्भावना समग्रमा कोभिडविरुद्धको खोप ६१ प्रतिशत प्रभावकारी देखिएको पाएको उल्लेख छ ।

प्रतिवेदनमा गर्भवती भएको २१ हप्तादेखि सुत्केरी हुनु १४ दिन अगाडिसम्म खोप लगाएकाहरूको शिशुलाई खोपले ८० प्रतिशतसम्म सुरक्षा प्रदान गरेको देखिएको दाबी गरिएको छ ।

यस्तै सीडीसीले गर्भवती महिला, स्तनपान गराइरहेका महिला, गर्भको योजना बनाइरहेका महिला र भविष्यमा गर्भवती हुन सक्ने महिला सबैले कोभिडविरुद्धको खोप लगाउन सिफारिस गरेको छ ।

प्रकाशित मिति: Feb 17, 2022

प्रतिक्रिया दिनुहोस्