Logo
५ जेष्ठ २०८१, शनिबार
(February 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउथ सुपरस्टार रवि तेजाको ‘खिलाडी’को ट्रेलर रिलिज

भारतीय साउथ सुपरस्टार रवि तेजाको फिल्म ‘खिलाडी’ को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा एक्सनको अलवा कमेडी र रोमान्स समेत समेटिएको छ ।

फिल्म ११ फेब्रुअरीमा रिलिज हुँदैछ । ए स्टुडियोको सहयोगमा पेन स्टुडियोद्धारा निर्मित यो फिल्ममा रवि तेजाको रोमान्टिक अन्दाज समेत देख्न सकिन्छ ।

मिनाक्षी चौधरी, डिम्पल ह्याती समेतको मुख्य भूमिका रहेको फिल्ममा कन्नड अभिनेता अर्जुन सरजा र अनसुया भारद्वाजको समेत मुख्य भूमिका छ । फिल्ममा रविले डबल भूमिका निर्वाह गरेका छन् ।

फिल्म पुरै भारतमा रिलिज हुन लागेको हो । रविको लोक प्रियतालाई ध्यानमा राखेर फिल्म देशभर रिलिज गर्न लागिएको निर्माण युनिटले जनाएको छ ।

प्रकाशित मिति: Feb 9, 2022

प्रतिक्रिया दिनुहोस्