Logo
५ जेष्ठ २०८१, शनिबार
(February 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउका यी ५ कलाकार अब हलिउडमा देखिँदै !

पछिल्लो समयमा बलिउड कलाकारहरु हलिउड फिल्मतर्फ आर्कषण बढ्दो देखिन्छ । बलिउडकी सफल अभिनेत्री प्रियंका चोपडा अहिले अलिउड मा पनि चर्तित बनेकी छन् ।

प्रियंकासँगै बलिउडकी सफल अभिनेत्री दिपिका पादुकोण पनि हलिउडमा अभिनय गरीसकेकी छन् ।तर प्रियंका भने हलिउका धेरै ठुला प्रोजेक्टको हिस्सा रहेकी उनी अभिनेता एन्थोनी म्याकीसँग एक हलिउड फिल्ममा देखिँदैछन् ।

अभिनेत्री दिपिका, प्रियंकापछि हलिउड फिल्ममा अव अरु केही बलिउड कलाकारलाई समेत देख्न पाइने भएको छ । ति कलाकारको आज हामी तपाइलाई जानकरी दिन गइरहेका छौ ।

ऋतिक रोशन : अभिनेता ऋतिक रोशन पनि हलिउड प्रोजेटमा देखिदैछन् । उनलाई हालै अमेरिकाको गेर्स एजेन्सी नामक ट्यालेन्ट कम्पनीले अनुबन्धित गरेको हो ।

सुनील शेट्टी : अभिनेता सुनील शेट्टी फिल्म कल सेन्टरबाट हलिउड अभिनयमा देखिन लागेका छन् । सत्यघटनामा आधारित रहेर निर्माण हुन लागेको फिल्ममा सुनिल सिख प्रहरीको भुमिका रहनेछन् । यस अगाडि सुनिले २००७ मा एक हलिउड फिल्ममा केमियो भुमिका निर्वाह गरेका थिए ।

पंकज त्रिपाठी : आफ्नो दमदार अभिनयले मानिसको मन जित्न सफल अभिनेता पंकज त्रिपाठी छिट्टै हलिउड फिल्ममा देखिँदैछन् । पंकज क्रिस हेम्सवर्थ र रणदीप हुन्डासँग एक फिल्ममा देखिएका पनि थिए ।

शोभिता धुलिपला : २.० जस्ता ठुला फिल्म अभिनय गरिसकेकी शोभिता धुलिपला छिट्टै हलिउड फिल्म ‘मन्की म्यान’मा देखिँदैछन् । नेटफ्लिक्समा रिलिज हुने फिल्ममा देव पटेल निर्देशनमा डेब्यु गर्दैछन् ।

धनुष : साउथ फिल्मपछि बलिउड प्रवेश गरेका अभिनेता धुनष अव हलिउड प्रवेशको तयारीमा छन् । उनी नेटफ्लिक्समा प्रशारण हुने एक्सन थ्रिलर फिल्म ‘द ग्रे म्यानमा’ देखिने भएका हुन् ।

 

प्रकाशित मिति: Feb 8, 2022

प्रतिक्रिया दिनुहोस्