Logo
५ जेष्ठ २०८१, शनिबार
(February 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फरहान र शिवानीले २१ फेब्रुअरीमा कोट म्यारिज गर्दै !

बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र उनकी प्रेमिका शिवानी दान्डेकरको कोट म्यारिज विवाहको गर्ने खवर बाहिरीएको छ ।

यी दुईको विवाहको खबर केही समयदेखि मिडियामा छाएको छ । तर पुष्टि भने हुन सकिरहेको थिएन । अहिले भने फरहानका बुबा तथा वरिष्ठ लेखक जावेद अख्तरले उनीहरुको विवाहको खबर पुष्टि गरेका छन् ।

जावेदले फराहान र शिवानी २१ फेब्रुअरीमा अदालती (कोट म्यारिज) गर्न लागेको बताए । ‘कोट म्यारिजपछि एक निजी समारोह आयोजना हुनेछ । जसमा नजिकका साथीभाई र परिवारका सदस्य मात्रै सहभागी हुनेछन् । जावेदले अगाडि भने, ‘विवाहको तयारी भइरहेको छ । कोरोनाका कारण हामीले विवाह भब्य रुपमा आयोजना गर्न सक्दैनौ ।’

जावेदले शिवानी निकै राम्रो केटी भएको र आफ्नो परिवारको सबै सदस्यलाई उनी मन परेको समेत खुलाएका छन् ।यसअगाडि फहान र शिवानीको योजना फेब्रुअरीमा कोर्ट म्यारिज र अप्रिलमा भब्य विवाह गरेको समाचार मिडियाहरुले बनाएका थिए । कोरोनाको बढ्दो कहरका कारण यो जोडीले अहिले सामान्य विवाह गर्ने निर्णय गरेको बताइन्छ ।

प्रकाशित मिति: Feb 4, 2022

प्रतिक्रिया दिनुहोस्