Logo
५ जेष्ठ २०८१, शनिबार
(February 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय अभिनेता रमेश देवको हृदयघातका कारण निधन

भारतीय अभिनेता रमेश देवको हृदयघातका कारण निधन भएको छ । ९३ वर्षका देवको मृत्यु मुम्बईको धिरुभाई अम्बानी अस्पतालमा उपचारको क्रममा भएको हो।

उनले चार दिनअघि मात्रै ९३ औं जन्मदिन मनाएका थिए। रमेश देवकी पत्नी सीमा देव पनि एक चर्चित अभिनेत्री हुन्। उनीहरुका छोराहरू अजिंक्य देव र अभिनय देव पनि बलिउडसँग सम्बन्धित छन् र प्रसिद्ध अभिनेता र फिल्म निर्देशक हुन्।

उनले चर्चित मराठी, बलिउड अभिनेता अमिताभ बच्चन, राजेश खन्ना लगायतका धेरै चर्चित कलाकारहरूसँग स्क्रिन सेयर गरेका थिए ।

‘आरती’ बाट हिन्दी फिल्मी यात्रा सुरु गरेका रमेश देवले धेरै फिल्ममा अभिनय गरेका छन्। सरस्वतीचन्द्र, आनन्द, आपकी कसम, मेरे सपना, अन्धा माङ्गता एक डोला (मराठी), तीन बहुरनिया, पतिता जस्ता धेरै चर्चित फिल्महरूले उनलाई पहिचान दिएका छन्।

प्रकाशित मिति: Feb 3, 2022

प्रतिक्रिया दिनुहोस्