Logo
५ जेष्ठ २०८१, शनिबार
(February 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री सबा आजाद ऋतिकसँगको डेट गर्ने प्रश्नमा त्रसिएपछि…!

भनिन्छ बलिउड काण्डै काण्डले भरिएको फिम नगरी हो । यहाँ दिनहु एक न एक काण्ड बाहिरिएकै हुन्छ । त्यस्तै पछिल्लो समयमा फेरि बलिउड अभिनेता ऋतिकरोशन फेरी चर्चामा आएका छन् ।

उनी फेरीलआफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा आएका हुन् । हालै उनी एक अभिनेत्रीसँग डिनर डेटमा गएको देखिएको हो ।

यी अभिनेत्री अरु कोहि न होइनन् सबा आजाद हुन् । सबा आजाद र ऋतिक रोशन हालै मुम्बईको एक रेष्टुरेन्ट बाहिर देखिएका थिए । यस क्रममा ऋतिक रोशन सबा आजादको हातमा हात समातेको देखिएको थियो ।

ऋतिक रोशनको कुरा गर्दा उनले सुजैन खानसँग डिभोर्स गरिसकेका छन् । उनका दुई छोरा पनि छन् । ऋतिक रोशनले सन् २००० मा सुजैन खानसँग विवाह गरेका थिए ।

तर, उनीहरुको विवाह लामो समय टिक्न सकेन र ऋतिक रोशन र सुजैनले सन् २०१४ मा सम्बन्धविच्छेद गर्ने निर्णय गरे ।त्यसयता ऋतिक रोशन र सबा आजाद एकअर्कालाई डेट गर्दैछन् भन्ने हल्ला चलेको थियो ।

यद्यपी दुबै कलाकारको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक भनाई भने आएको छैन, तर ऋतिक रोशनलाई डेट गर्ने प्रश्नमा सबा आजादले कुनै जवाफ नदिई टाढिएको देखियो ।

वास्तवमा, डिनर डेटमासँगै देखिएपछि अङ्ग्रेजी वेबसाइट टाइम्स अफ इन्डियाले साबा आजादसँग कुरा गर्ने प्रयास गर्‍यो ।वेबसाइटले साबा आजादलाई ऋतिक रोशनसँगको डिनर डेटको तस्विर भाइरल भएको बारे सोध्यो।

जसमा अभिनेत्री केही नबोली टाउको हल्लाएकी थिइन् । सबा आजादले भनिन्, ‘माफ गर्नुहोस्, म केही काममा व्यस्त छु ।’ सबा आजादले धेरै बलिउड फिल्ममा अभिनय गरिसकेकी छिन् । उनले सन् २००८ मा फिल्म दिल कबड्डीबाट आफ्नो करियर सुरु गरेकी थिइन् ।

त्यसपछि सबा आजाद २०११ मा आएको फिल्म ‘मुझसे फ्रेन्डशिप करोगे’ मा देखिएकी थिइन् । उनी पछिल्लो पटक फिल्स लाइक इश्क फिल्ममा देखिएकी थिइन् ।

सबा आजाद एक अभिनेत्री हुनुका साथै इमाद शाहद्वारा सञ्चालित इलेक्ट्रोनिक म्युजिक ब्यान्डको एक हिस्सा हुन्। सबा खान छिट्टै वेब सिरिज रकेट ब्वाईजमा देखिनेछिन् ।यस वेब सिरिजमा उनी बाहेक जिम सरभ, इस्वास्क सिंह र रेजिना क्यासान्ड्रा महत्वपूर्ण भूमिकामा हुनेछन् ।एजेन्सी

प्रकाशित मिति: Feb 1, 2022

प्रतिक्रिया दिनुहोस्