Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइटम गीतमा नाचेको कति लिन्छन् यी अभिनेत्री? थाहापाउनुहोस् !

भारतीय फिल्ममा आइटम गीत विना फिल्मा त्यति के नपुगेको के नपुगेको जस्तो देखिन्छ । त्यसैले जसरी तरकारीमा नुन नभएपछि त्यो तरकारी बेस्वाद हुने गर्छ त्यस्तै गरी आइटम गितविना फिल्ममा पनि त्यति स्वाद आउँदैन ।

त्यसैले जतिसुकै ठूला स्टार भएका फिल्म किन नहुन् रु आइटम चाहिन्छ नै चाहिन्छ । सलमान खानदेखि शाहरुख खानसम्म पनि फिल्म चलाउन आइटमको सहारा लिन्छन् ।

हालै ब्लकबस्टर मानिएको अल्लु अर्जुनलाई पनि आइटमविना फिल्म चलाउने हिम्मत थिएन सायद ।हालै ब्लकबस्टर मानिएको अल्लु अर्जुनले पनि दक्षिण भारतीय अभिनेत्री सामान्था रुथ प्रभुलाई आइटम गर्न मात्र मनाएनन्, यसका लागि महंगो रकम तिरेको पनि खबर छ ।

सामान्थाले ‘ओ आन्टभा’ बोलको यो गीतमा नाच्न ५ करोड भारतीय रुपैयाँ लिएको चर्चा छ । सामान्थाले कुनै आइटम गीतमा नाचेको भने यो पहिलो अवसर हो ।

बलिउडको कुरा गर्ने हो भने कट्रिना कैफ, सन्नी लियोनी, नोरा फतेही आइटम गीतमा सबैभन्दा चलेका अनुहार हुन् । उनीहरूले ५० लाखदेखि ३ करोडसम्म लिने गरेका छन् ।

कट्रिना कैफ


कट्रिना कैफ ले एउटा आइटम गीतमा नाचेको ३ करोडसम्म लिने गरेको एबीपी लाइभले लेखेको छ । उनले ‘धूम ३’अघिसम्म ५० लाख लिने गरेको तर यो फिल्मपछि रकम ह्वात्तै बढाएर ३ करोड पुर्याएको समाचारमा दाबी गरिएको छ ।

सन्नी लियोनी


पोर्नस्टार सन्नी लियोनीले पनि एउटा गीतमा नाचेको ३ करोड नै लिने समाचारमा बताइएको छ । सन्नीले एउटा नेपाली फिल्ममा पनि आइटम गरेकी छिन् । ‘पासवर्ड’नामको यो फिल्ममा नृत्य गर्न निर्माताले सन्नीलाई १ करोड नेपाली रुपैयाँ तिरेको समाचार आएका थिए । तर सन्नीको आइटमले दर्शकलाई हलसम्म भने तान्न सकेन ।

नोरा फतेही


आइटममा रुचाइएकी अभिनेत्री हुन् नोरा फतेही । पछिल्लो समय चलेका ‘दिलबर’ देखि ‘कमरिया’सम्ममा आइटम प्रस्तुत गरेकी नोराले एउटा गीतमा नाचेवापत ५० लाख लिने गरेकी छिन् ।

ज्याकलिन फर्नान्डिज
ज्याकलिन फर्नान्डिज फिल्मका आइटममा बाक्लै देखिने अर्को अनुहार हो । मुख्य अभिनेत्रीको रुपमा खासै प्रभाव जमाउन नसकेकी ज्याकलिनले आइटम गीतमा भने राम्रै दर्शक कमाएकी छिन् । निर्माताले यही देखेर उनलाई पनि आइटम गीतमा महंगो रकम तिरेर लिने गरेका छन् । एबीपी लाइभले लेखेको समाचारअनुसार ज्याकलिनले पनि कट्रिनाकै हाराहारी ३ करोडसम्म लिने गरेकी छिन् ।

मलाइका अरोरा


मलाइका अरोरा आइटम सबैभन्दा धेरै चलेकी अर्की अभिनेत्री हुन् । तर उमेर ढल्कँदै गएकाले आजभोलि उनी निर्माताको रोजाइमा पर्न छाडेकी छिन् । तर आफ्नो समयमा उनले १ करोडसम्म पारिश्रमिक लिने गरेकी थिइन् । एजेन्सी

प्रकाशित मिति: Jan 31, 2022

प्रतिक्रिया दिनुहोस्