Logo
५ जेष्ठ २०८१, शनिबार
(January 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : बलिउडका यी सेलिब्रिटी जसको दोस्रो विवाह पनि भएन सफल !

बद्लिदो समाजसँगै सम्वन्धविच्छेदका घटना हाम्रो समाजमा बढ्दो देखिन्छ । सबैभन्दा बढी मनोरञ्जन क्षेत्रमा हुने गरेको पाइन्छ यद्अपी अहिले सम्पूर्ण क्षेत्रमा नै सम्वन्धविच्छेद भएको पाइन्छ ।पछिल्लो समयमा विवाहलाई केवल एक सम्झौता मानिन लागेका छ ।

पहिला जुन तरिकाले विवाहलाई हेरिन्थ्यो अहिले आएर विवाह प्रति हेर्ने दृष्ट्रिकोण फरक भएको छ । त्यसकारण पनि मानिसको विवाह समाजमा कमजोर बन्दै गइरहेको छ । आज हामी तपाइलाई बलिउडका दोस्रो विवाह पनि असफल भइसकेका सेलिब्रिटीबारे जानकारी दिदै छौं।

आमिर खान :

बलिउडका मिस्टर परफेक्सनिस्ट भनिने आमिर खान विवाह भने परफेक्ट हुन सकेनन् ।

अभिनेताले सन् १९८६ मा रिना दत्तासँग पहिलो विवाह गरेका थिए जुन सन् २००२ मा टुटेको थियो । त्यसपछि आमिरले लगानकी सह–निर्देशक किरण रावसँग दोस्रो विवाह गरेका थिए तर सन् २०२१ मा आमिर खानसँग उनको सम्बन्धविच्छेद भयो । पहिलो विवाहबाट आमिरका दुई सन्ता आइरा, जुनैद र दोस्रो विवाहबाट छोरा आजाद छन् ।

श्वेता तिवारी :

राजा चौधरीसँग सन् २००७ मा सम्बन्विच्छेदपछि श्वेता तिवारीले सन् २०१३ मा अभिनव कोहलीसँग दोस्रो विवाह गरिन् । सन् २०१७ मा यी दुईबीच ठाकठुक सुरु भएको थियो र सन् २०१९ मा यी दुई अलग्गिए । श्वेताले अभिनवमाथि घरेलु हिंसाको मुद्दा दर्ता गरेकी थिइन् । हाल यी दुईबीच छोरा रेयांशको कस्टडीको लडाईं चलिरहेको छ ।

करण सिंह ग्रोवरः

टेलिभिजनदेखि बलिउडसम्म पहिचान बनाइसकेका करण सिंह ग्रोवरले एक नभई तीन विवाह गरेका छन् । करणको पहिलो विवाह सन् २००८ मा श्रद्धा निगमसँग भएको थियो । एक वर्षपछि जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गरेपछि करणले जेनिफर विंगेटसँग सन् २०१२ मा दोस्रो विवाह गरे तर दुई वर्षपछि यी दुईको सम्बन्धविच्छेद भयो । करणले तेस्रो विवाह बिपाशा बसुसँग गरेका छन् ।

निलिमा अजिम :

निलिमा अजिमले सन् १९७९ मा पंकज कपुरसँग पहिलो विवाह गरेकी थिइन् जसबाट उनका एक छोरा शाहिद कपुर छन् । पाँच वर्षपछि पंकजसँग सम्बन्धविच्छेद गरेर निलिमाले सन् १९९० मा राजेश खट्टरसँग विवाह गरेकी थिइन्, उनीबाट उनका एक छोरा इशान खट्टर छन् । ११ वर्षपछि यी दुईले सन् २००१ मा सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि नायिकाले सन् २००४ मा रजा अली खानसँग विवाह गरेकी थिइन् तर यो पनि पाँच वर्षसम्म मात्रै चल्न सक्यो ।

विनोद मेहरा :

दिवंगत अभिनेता विनोद मेहराले पनि दुईवटा विवाह गरेका थिए जुन असफल रहेको थियो । उनले पहिलो विवाह किरण मेहरासँग र दोस्रो बिन्दिया गोस्वामीसँग गरेका थिए ।

जेबा बख्तियार :

नायिका जेबा बख्तियारले तीनवटा विवाह गरेकी छिन् तर अससोस कि यी तिनैवटा विवाह असफल रहे । नायिकाले पहिलो विवाह सलमान वालियांसँग गरेकी थिइन् । सलमानसँग सम्बन्धविच्छेदपछि जेबाले सन् १९८९ मा जावेद जाफरीसँग विवाह गरेकी थिइन् जुन एक वर्षमा नै टुट्यो । तेस्रो विवाह जेबाले गायक अदनान सामीसँग गरेकी थिइन् जुन चार वर्षसम्म चल्यो । यो विवाहमा यो जोडीको एक छोरा अजान सामी छन् जो पाकिस्तानी अभिनेता हुन् ।

कबिर बेदी :

अभिनेता कबिर बेदीले सन् १९६९ मा प्रोतिमा बेदीसँग पहिलो विवाह गरेका थिए जुन पाँच वर्षमा टुट्यो । त्यसपछि अभिनेताले सन् १९९२ मा निक्की वेदीसँग विवाह गरेका थिए जुन २००५ सम्म चल्यो । सन् २०१६ मा कबिरले परवीन दोसांझसँग विवाह गरेका छन् जो उनकी छोरी मानिका बेदीभन्दा कान्छी छिन् । कबिर ७६ वर्षका भए भने उनकी तेस्री श्रीमती ४६ वर्षकी छिन् ।एजेन्सी

 

 

 

 

प्रकाशित मिति: Jan 30, 2022

प्रतिक्रिया दिनुहोस्