Logo
६ जेष्ठ २०८१, आईतबार
(January 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता सलमान खान नेपाल आउने

बलिउडका चर्चित अभिनेता सलमान खान नेपाल आउने भएका छन् ।सलमानलाई कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाले नेपाल ल्याउन लागेका हुन् । पुर्जाले सलमान नेपाल आउने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘सलमान भाइलाई भेटेर आनन्द आयो । मेरो देशमा चाँडै भेट हुनेछ’ पुर्जाले लेखेका छन् ।भेटमा पुर्जाले बलिउड सलमानलाई आफ्नो बायोग्राफी पुस्तक समेत उपहार दिएका छन् ।

जुन उनले शेयर गरेको तस्बिरमा समेत देख्न सकिन्छ । ७ महिना भित्रका संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका पुर्जाले संसारका चर्चित सेलीब्रेटीलार्ई जुटाएर काठमाडौंमा एक कार्यक्रम गर्ने तयारी गरिरहेका छन् ।

सोही कार्यक्रममा सलमान समेत ल्याउने उनको योजना रहेको छ । भेटमा सलमानलाई पुस्तक दिँदै उक्त नेपाल आउने समेत निम्तो दिएको बताइन्छ । सोही कार्यक्रममा पुर्जाले विश्व चर्चित डिस्कभरि च्यानलका होस्ट बियर ग्रिल्ज पनि ल्याउने तयारी गरेका छन् ।

प्रकाशित मिति: Jan 29, 2022

प्रतिक्रिया दिनुहोस्