Logo
२६ बैशाख २०८१, बुधबार
(January 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सयले बढेको छ । नेपाली बजारमा मंगलबारदेखि सुनचाँदीको मूल्यमा वृद्धि हुँदै आएको छ ।
आज तोलमा ५ सय रुपैयाँले बढी तोलाको ९२ हजार ५ सय रुपैयाँमा बजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।त्यस्तै तेजाबी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बुधबार प्रतितोला ९१ हजार ५ सय तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: Jan 13, 2022

प्रतिक्रिया दिनुहोस्