पुर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण,उत्रियो जनसागर{फोटोफिचर}
पूर्वराजा ज्ञानेन्द्र शाहले आज सिंहदरबारको मुख्य गेटबाहिर रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरिसकेपछि मंगलबार दिउँसो समर्थकहरुसहित पूर्वराजा शाह पनि सिंहदरबार पुगेर उनको सालिकमा माल्यार्पण गरेका हुन्।
आफ्ना पुर्खासमेत रहेका पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न उनी पहिलो पटक सिंहदरबार गएका हुन्।शाहका संवाद सचिव फणिराज पाठकले यो वर्ष पृथ्वीनारायणको ३०० औं जन्मजयन्ती भएकाले पूर्वराजा ज्ञानेन्द्र सालिकमा माल्यार्पण गर्न सिंहदरबार गएको बताए।उ
राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका उनीहरुले ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद, यो व्यवस्था चाहिँदैन’ लगायत गणतन्त्र विरोधी नारा लगाएका थिए ।
उनले माल्यार्पण गरिरहँदा उनका समर्थकहरुले ‘गणतन्त्र मुर्दावाद’ को नारा लगाएका थिए ।राजतन्त्र हुँदा नेपालमा पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने गरिन्थ्यो।
गणतन्त्र आएपछि बिदा कटौती गरिएको छ। पछिल्लो समय पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु पर्ने माग उठिरहेको छ।