Logo
५ जेष्ठ २०८१, शनिबार
(January 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुमोनाका कारण कपिल शर्मा तनावमा !

भारतीय टिभिको चर्चित कार्यक्रम मध्ये ‘द कपिल शर्मा शो’ पनि एक हो । पछिल्लो समयमा कोरोना महामारीले सोनो पर्दा र ठूलो पर्दा दुवैलाई असर गरेको छ ।

बलिउड कमेडियन कपिल शर्मा यो समय निकै तनावमा छन् । उनी तनावमा हुने मुख्य कारण उनको चर्चित ‘द कपिल शर्मा शो’ की कलाकार सुमोना चक्रवर्ती हुन् ।

सुमोनाले यो शोमा लामो समयदेखि कपिल शर्माकी श्रीमतीको भूमिकामा दर्शकलाई मनोरञ्जन दिइरहेकी छन् । यी अभिनेत्री अहिले कोरोनाभाइरसको शिकार भएकी छन् । सुमोनालाई कोरोना संक्रमण भएपछि कपिल केही तनावमा देखिएका छन् ।

सुमोनाले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन् । उनले आफ्नो स्वास्थ्य अवस्थाकोबारेमा पनि जानकारी दिएकी छन् ।

सुमोनाका अनुसार उनी होम क्वारेन्टाइनमा छिन् । उनले आफ्नो लागि प्रार्थना गर्न फ्यानमाझ आग्रह गरेकी छन् । न्युज कारखाना

 

प्रकाशित मिति: Jan 5, 2022

प्रतिक्रिया दिनुहोस्