Logo
२६ बैशाख २०८१, बुधबार
(January 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्सामा शीतलहर सुरु भएपछि शैक्षिक संंस्था बन्द

प्रदेश नं २ स्थित पर्सा जिल्लाको जिराभवानी गाउँपालिकाले शीतलहर सुरु भएको भन्दै शैक्षिक संंस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

आजदेखि पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको हो । वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ ।

महानगरपालिकाले जनकल्याणकारी योजना अन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरिएको हो । प्रति ब्यक्ति करिब छ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: Jan 3, 2022

प्रतिक्रिया दिनुहोस्