Logo
१ जेष्ठ २०८१, मंगलबार
(January 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओकाया फास्ट इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्तो छ विशेषता !

छिमेकी मुलुक भारतमा हालै सम्पन्न ईभी एक्सपोमा ब्याट्री निर्माता कम्पनी ओकाया इलेक्ट्रिकले हाई स्पिड इलेक्ट्रिक स्कुटर र मोटरसाइकल प्रदर्शन गरेको थियो ।

कम्पनीले ओकाया फेराटो नामको इलेक्ट्रिक बाइक पनि प्रदर्शनमा राखेको थियो । ओकायासँग हाल एभियोनिक, क्लासिक र फ्रिडम गरी तीनवटा इलेक्ट्रिक सवारी साधन छन् ।

त्यही समयमा चर्चित बनेको ओकाया इलेक्ट्रिकले नयाँ द्रुत ई-स्कुटर लन्च गरेको छ । यस ई-स्कुटरको मूल्य ८९ हजार ९९९ भारु तोकिएको छ ।

सार्वजनिक भएसँगै कम्पनीको अनलाइन वेबसाइट र डिलरसिपमा यो स्कुटरको बुकिङ सुरु भएको छ ।सो इलेक्ट्रिक स्कुटर १ हजार ९९९ भारुमा बुक गर्न सकिन्छ ।

कम्पनीले जनवरीको अन्त्यबाट यस स्कुटरको डेलिभरी सुरु गर्नेछ र भारतीय बजारमा यसले ओला इलेक्ट्रिक एस१ र एस१ प्रो, टीभीएस आइक्युब, एथर ४५० एक्स, बाउन्स इन्फिनिटी ई१ र बजाज चेतक जस्ता इलेक्ट्रिक स्कुटरहरूसँग प्रतिस्पर्धा गर्नेछ ।

ओकाया फास्ट इलेक्ट्रिक स्कुटर कनेक्टेड इलेक्ट्रिक स्कुटरको रूपमा आउँछ र यसको फ्रन्ट एप्रोनमा एलईडी हेडल्याम्प, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र कम्बाइड ब्रेकिङ सिस्टमको साथै एलईडी डीआरएल समावेश गरिएको छ ।

यो ई-स्कुटर पूर्ण रूपमा आईओटी सक्षम छ । यो रातो, खैरो, हरियो र सेतो रङमा उपलब्ध छ र फ्ल्याट फुटबोर्ड र सिंगल फ्ल्याट सिटमा डुअल टोन पेन्ट स्किम उपलब्ध रहेको छ ।

ओकाया इलेक्ट्रिक स्कुटरमा ४.४ केडब्ल्यु लिथियम फस्फेट ब्याट्री जडान गरिएको छ । जसले ६० देखि ७० किलोमिटरको गति लिन सक्छ र सिंगल चार्जमा १५० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

साथै यो ई-स्कुटरले निश्चित सवारी अवस्थामा २०० किलोमिटरको रेन्ज पनि कभर गर्न सक्छ ।

प्रकाशित मिति: Jan 2, 2022

प्रतिक्रिया दिनुहोस्