Logo
२६ बैशाख २०८१, बुधबार
(January 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जना जुवा खालबाट पक्राउ

सुदुरपश्चिम प्रेदश स्थित जाजरकोटको भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत र सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्षसहित १३ जना जुवाको खालबाट पक्राउ परेका छन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती र नेपाली काङ्ग्रेसबाट विजयी सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्ष शशी बुढासहित १३ जना पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले बताए ।

भेरी नगरपालिका–४ गैरीखालीस्थित सन्तोष श्रेष्ठको घरबाट बिहान तीन बजे उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट २ लाख ५२ हजार एक सय २० रुपैयाँ नगदसमेत बरामद भएको प्रवक्ता श्रेष्ठले जनाएका छन् ।

प्रकाशित मिति: Jan 2, 2022

प्रतिक्रिया दिनुहोस्