Logo
२ जेष्ठ २०८१, बुधबार
(December 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओमिक्रनबाट विश्वमा अझै धेरै खतरा छ : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रनबाट अझै धेरै खतरा रहेको औल्याएको छ । बुधबार डब्लुएचओले गएको हप्ता विश्वव्यापी रुपमा कोरोना संक्रमण बढेको तथ्यांक प्रस्तुत गर्दै खतरा औल्याएको हो ।

डब्लुएचओलेले पछिल्लो अवस्थाबारे जानकारी दिदै विश्वका धेरै देशहरुमा कोरोना संक्रमणमा वृद्धि भएको उल्लेख गरेको छ ।यसअघिको डेल्टा प्रजातिलाई उछिन्दै ओमिक्रन संयुक्त राज्य अमेरिका, बेलायतलगायतका देशहरुमा वृद्धि भएको जनाएको छ ।

पछिल्लो समय यूरोपका फ्रान्स, बेलायत, इटाली, ग्रीस, पोर्चुगलमा दैनिक कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेपछि डब्लुएचओको धारणा आएको हो ।

फ्रान्समा मात्र गएको २४ घन्टामा एक लाख ८० हजार संक्रमित थपिएका छन् ।भारत, थाइल्यान्डलगायत देशहरुमा पनि कोरोना संक्रमित संख्यामा वृद्धि भएको छ ।

कोरोना भाइरसको तेस्रो लहरका रुपमा भारतमा सतर्कता अपनाइएको छ । दिल्लीमा शैक्षिक संघसंस्था बन्द घोषणा गरिएका छन् ।

 

प्रकाशित मिति: Dec 29, 2021

प्रतिक्रिया दिनुहोस्