Logo
२६ बैशाख २०८१, बुधबार
(December 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले जित्यो एसिएन सेन्ट्रल जोन च्यालेन्ज कप भलिबलको उपाधि

एसिएन सेन्ट्रल जोन च्यालेन्ज कप भलिबलको उपाधि नेपाललाई मिलेको छ । नेपालले एसिएन सेन्ट्रल जोन च्यालेन्ज कप भलिबलअन्तर्गत महिलातर्फको उपाधि जितेको हो ।

मंगलबार बंगलादेशको ढाका भएको फाइनलमा उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट २५-२४ ले जितेको नेपालले दोस्रो सेटमा २५-२४ ले नै पराजित भयो । तेस्रो सेट २५-१५ को सहज जित निकालेको नेपाल चौथो सेटमा भने उज्वेकिस्तानसँग २५-२२ पराजित बन्यो ।

दुई-दुईको बराबर बनेर रोमाञ्चक बनेको पाँचौं सेटमा १५-१० ले विजयी भएसँगै नेपालले उपाधि देशमा राखेको हो ।

प्रकाशित मिति: Dec 28, 2021

प्रतिक्रिया दिनुहोस्