Logo
५ जेष्ठ २०८१, शनिबार
(December 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको समयमा ‘स्पाइडर म्यान : नो वे होम ’ बन्यो १ बिलियन डलर कमाउने पहिलो फिल्म !

स्पाइडर म्यान फ्रेन्चाइजीको नयाँ फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ महामारीको समयमा अन्तरराष्ट्रिय बक्स अफिसमा १ बिलियन डलरभन्दा बढी कमाई गर्ने पहिलो फिल्म बनेको छ ।

यसका साथै कमाईकमो मामिलामा सन् २०२१ को सबैभन्दा ठूलो फिल्म बनेको छ ।यसले चीनको कोरियाली युद्धमा बनेको फिल्म ‘द ब्याटल अफ लेक चांगजिन’ लाई पछि पारेको छ जसले संसारभरी ९०५ मिलियन डलरभन्दा बढी कमाएको थियो ।

मिडिया डेटा एनालिटिक्स फर्म कमस्कोरका अनुसार यसअघि १ बिलियन डलरभन्दा बढी कमाउने फिल्म सन् २०१९ मा रिलिज भएको ‘स्टार वार्स : द राइज अफ स्काइवाकर’ थियो ।

दुई वर्ष अघि महामारी सुरु भएपछि कुनै अन्य हलिउड फिल्म स्टार वार्सको बक्स अफिस कलेक्सन आसपास पनि आउन सकेको थिएन ।यो फ्रेन्चाइजीको सन् २०१९ को फिल्म ‘स्पाइडर म्यान : फार फ्रम होम’ बक्स अफिसमा एक बिलियन डलर कमाईको आँकडा तोड्ने पहिलो स्पाइटर-म्यान फिल्म थियो र वर्तमानमा कमस्कोरका अनुसार विश्वव्यापी टिकट बिक्रीमा १.१३२ बिलियन डलरसहित फ्रेन्चाइजीमा सबैभन्दा बढी कमाउने फिल्म हो ।

 

प्रकाशित मिति: Dec 27, 2021

प्रतिक्रिया दिनुहोस्