Logo
१७ बैशाख २०८१, सोमबार
(December 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदी अरब नेतृत्वको सेनाद्वारा यमनको राजधानीमा हवाई आक्रमण

साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको राजधानी सानामा बुधबार रातिदेखि हवाई हमला गरेको बताइएको छ ।हुथी मिलिसियाहरुका विरुद्धमा सो सेनाका युद्धक विमानहरुले हवाई आक्रमण गरेका बताइएको छ ।

ती सेनाले हुथी विद्रोहीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल-मासिराह टिभीले जनाएको छ ।

युद्धक विमानहरुले गरेका सो आक्रमणको आवाज नै सुनिएको पनि बताइएको छ । यस हवाई आक्रमणबाट यमनी सहर सानाको पूर्वी क्षेत्रमा रहेको हाफा शिविर प्रभावित भएको बताइएको छ ।

यस हमलाबाट भएको क्षतिको विस्तृत विवरण भने दिइएको छैन । हवाई आक्रमणपछि सहरभर शक्तिशाली विस्फोटको आवाज सुनिएको बताइएको छ ।

सो हमलामा परेर यहाँका हुथी मिलिसियाहरुले निर्माण गरेका केही आश्रयस्थल र सैन्य शिविर ध्वस्त भएका छन् । उनीहरुको पकड रहेको भनिएका केही क्षेत्रमा यी सेनाको आक्रमण विगतदेखि नै जारी रहेको थियो ।

इरान समर्थित हुथी मिलिसियाले पनि गत हप्ता यहाँ आक्रमण गरेका र सो ड्रोन आक्रमणबाट दुई वटा गुफा र चार वटा भूमिगत गोदाम ध्वस्त भएको गठबन्धन सेनाले जनाएको थियो ।

केही महिनामात्र अघि यमनी विद्रोही समूहले मध्य यमनको अत्यधिक तेल रहेको प्रान्त मारिब कब्जा गर्न साउदी समर्थित सरकारी सेनाविरुद्ध ठुलो आक्रमण सुरु गरेको थियो ।

प्रकाशित मिति: Dec 24, 2021

प्रतिक्रिया दिनुहोस्