Logo
२६ बैशाख २०८१, बुधबार
(December 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीको सम्सी गाउँपालिका प्रशासकीय अधिकृत यादवले किर्ते हस्ताक्षर गरेको खुलासा !

प्रदेश नं २ स्थित  महोतरीको सम्सी गाउँपालिका प्रशासकीय अधिकृत संजय बाबु यादवले किर्ते हस्ताक्षर गरेको खुलासा भएको छ ।

मंसिरमा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएका यादवले ४ महिना अगाबै सम्सीमा प्रशासकीय अधिकृतको रुपमा सिफारिस गरेको पाइएको छ ।

मन्त्रालयमा ठाकुरले प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको जानकारी गराएको तीन दिनपछि अधिकृत यादवले गाउँपालिकाको लेटर प्याडलाई दुरुपयोग र किर्ते गरी मलको सिफारिस गरेको पाइएको छ ।

०७८ अषाढ १३ गते मल बिक्रेताको लागि कृषि समग्री कम्पनी लि. र साल्ट ट्रेडिङ कोपोरेशन लि. जनकपुरलाई यादवले प्रशासकीय अधिकृतको रुपमा हस्ताक्षर गरी पत्रचार गरेको पाइएको छ ।

यादवले पत्रचार गरेको मितिमा सम्सी गाउँपालिकामा शम्भु ठाकुर प्रशासकिय अधिकृत थिए ।संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट सम्सीमा सरुवा भएर आएका ठाकुर ०७८ अषाढ ११ गते हाजिर भएको पत्र मन्त्रालयलाई पठाएका थिए ।

मन्त्रालयमा ठाकुरले प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको जानकारी गराएको तीन दिनपछि अधिकृत यादवले गाउँपालिकाको लेटर प्याडलाई दुरुपयोग र किर्ते गरी मलको सिफारिस गरेको पाइएको छ ।

तर, यादवले आफुलाई गाउपालिकाका उप प्रमुखले निमित प्रशासकिय अधिकृतको जिम्मेवारी दिएर बैठकमा सहभागि गराएपछि हस्ताक्षर गरेको बताए ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले सम्सी गाउँपालिकामा स्वास्थ्य सेवा आयुर्वेद समुह, अधिकृत सातौ तहमा कार्यरत संजय बाबु यादवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएकोे छ ।

गाउपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मको लागि आर्थिक तथा प्रशासनिक कार्य गर्ने ०७८ मंसिर १३ गते यादवलाई जिम्मेवारी दिइएको छ ।

मल सिफारिस समितिका संयोजक एवम् सम्सी गाउँपालिकाकी उप प्रमुख नगिना देवीको अध्यक्षतामा ०८७ अषाढ १३ गते बसेको बैठामा प्रमुख प्रशासकीय अधिकृतको पदमा यादवलाई सहभागि गराइएको थियो ।

उप प्रमुख यादवले आफु निकट ६ वटा सहकारी संस्थालाई मल उपलब्ध गराउन गाउपालिकामा प्रशासकीय अधिकृत शम्भु ठाकुर हुदाहुदै यादवलाई निमित बनाएर सिफारिस गरेको पाइएको हो ।

उप प्रमुखले यादवले सम्सी-६ का सफल उपभोक्तासहकारी लि।, सम्सी-३ का कालि माई उपभोक्ता सहकारी संस्था लि।, सम्सी–७ आँगन उपभोक्ता सहकारी संस्था ली र सम्सी-४ माँ जानकी उपभोक्ता सहकारी संस्था लीलाई मल बिक्रेता छनौट गरिएको छ ।

बैठकमा समितिका सदस्य सचिव कृषि शाखा प्रमुख संतोष महतोको उपस्थिति गराइएको छैन । स्थानीय तहमा नेपाल सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने मल आपुर्ती तथा वितरण व्यवस्थापन प्रभावकारी बनाउन उप प्रमुख संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिमा प्रमुख प्रसकिय अधिकृत सदस्य र कृषि शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।स्रोत टुडेपाटी

 

 

 

प्रकाशित मिति: Dec 20, 2021

प्रतिक्रिया दिनुहोस्