Logo
५ जेष्ठ २०८१, शनिबार
(December 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलियालाई रणबीर कपुरको प्रश्न : ‘हाम्रो विवाह कहिले हुन्छ?’ दिइन् यस्तो जवाफ!

बलिउड अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्ट प्रेमी जोडिको पनि खुबै चर्चा भइरहेको हुन्छ । उनीहरुको विवाहको पनि केही हल्ला चलेको हुन्छ । उनीहरुको विवाह कहिले हुन्छ भन्दै लामो समयदेखि प्रशंसकले प्रतिक्षा गरीरहेका छन् ।

विवाहको हल्ला चलेपति उनीहरुको विवाह कुनै न कुनै कारणले रोकिइरहेको छ । यी दुईले सन् २०२२ मा विवाह गर्ने बताइरहेका छन् । बुधबार ब्रह्मास्त्रको मोशन पोस्टर लञ्चमा रणबीरले मिडियाको सामुन्ने आलियालाई विवाह कहिले हुन्छ भनेर सोधे ।

कार्यक्रममा रणबीर कपुरले दर्शकको प्रश्न पढे । जसमध्ये एकमा लेखिएको थियो, ‘तपाईं आलिया भट्टसँग वा अरुसँग कहिले विवाह गर्नुहुनेछ रु’ यसको जवाफमा रणबीर कपुरले भने, ‘के पछिल्लो १ वर्षमा हामीले थुप्रै मानिसहरुलाई विवाह गरेको देखेनौं रु मलाई लाग्छ हामी यसमा नै खुसी हुनुपर्छ । ’ त्यसपछि रणबीर कपुरले आफ्नी लेडीलव आलिया भट्टलाई हेरेर सोधे, ‘हाम्रो विवाह कहिले होला रु’

यसबारे प्रतिक्रिया दिँदै आलिया भट्टले भने, ‘तिमी मलाई किन सोधिरहेको छौ ?’ त्यसपछि रणबीरले अयान मुखर्जीतर्फ इशारा गर्दै सोधे, ‘हाम्रो कहिले हुन्छ रु’ अयान मुखर्जीले त्यतिबेला भने, ‘आजका लागि एउटै मिति काफी छ । ब्रह्मास्त्रको रिलिज डेट, अहिले प्रतिक्षा गरौं ।’

रणबीर कपुर र आलिया भट्ट सन् २०१७ देखि सम्बन्धमा छन् । उनीहरुको परिवारबीच पनि राम्रो सम्बन्ध स्थापित भइसकेको छ । यी दुईको परिवार सँगै बिदा मनाउन पनि जान्छन् ।

यो जोडीले पहिलो पटक फिल्म ब्रह्मास्त्रमा सँगै स्क्रिन सेयर गर्नेछन् । फिल्ममा रणबीर कपुरले शिवाको भूमिका निभाउनेछन् । अमिताभ बच्चन, मौनी रोय, नागार्जुन पनि यो फिल्ममा हिस्सा हुन् ।एजेन्सी

प्रकाशित मिति: Dec 16, 2021

प्रतिक्रिया दिनुहोस्