Logo
५ जेष्ठ २०८१, शनिबार
(December 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वका सर्वाधिक प्रशंसनीय पुरुष २०२१ को सूचिमा परे शाहरुख र अमिताभ

विश्वका सर्वाधिक प्रशंसनीय पुरुष २०२१ को सूची सार्वजनिक गरेको छ । यो सूचिमा पूर्व राष्ट्रपति बराक ओबामा र माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सको नाम पनि समावेश छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, महान क्रिकेटर सचिन तेन्दुलकर, बलिउडका बादशाह शाहरुख खान, सुपरस्टार अमिताभ बच्चन र खेलाडी विराट कोहली छन्।

उनीहरुसँगै ५ भारतीय नाम पनि शीर्ष २० मा परेका छन् । मनोरञ्जन जगतका यी दुई नामलाई हेर्ने हो भने शाहरुख खान बलिउडका बादशाह हुन् ।

अर्कोतर्फ टिभीदेखि सिनेमासम्म आफ्नो दबदबा कायम गरेका ७९ वर्षीय अमिताभ बच्चनले यो वर्ष पनि आफ्नो बल देखाएका छन् । हालै उनको गेम शो केबीसीले आफ्नो १००० एपिसोड पूरा गरेको छ।

यिनीहरू बाहेक यस लिस्टमा थप दुई नाम पनि परेका छन्, ती हुन् क्रिकेट जगतका चम्किला स्टार विराट कोहली र क्रिकेटका भगवान सचिन तेन्दुलकर ।

यो नाम पनि संसारमा कुनै परिचयको जरुरत छैन। तर, अहिले विराट कोहली मैदानमा भन्दा पनि विवादमा बढी देखिन्छन् ।

प्रकाशित मिति: Dec 16, 2021

प्रतिक्रिया दिनुहोस्