Logo
२६ बैशाख २०८१, बुधबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज एमसीसी सम्झौताको विरोधमा चितवन बन्द

मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा आज चितवन बन्द भएको छ । एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले चितवन वन्दको आह्वान गरेको हो ।

बन्दका कारण विहानैदेखि कम सवारी संचालन भएका छन् । एमसीसी देश र राष्ट्रियताकै खिलाफ रहेको भन्दै यसको खारेजीको माग गर्दै बन्दको आह्वान गरिएको विप्लव माओवादीका केन्द्रीय सदस्य सन्देश पौडेलले जानकारी दिए । बन्दका कारण शैक्षिक संघ संस्था पूर्ण रुपमा र पसल व्यवसाय आंशिक बन्द छन् ।

यसैबीच, वन्द गर्दे हिँडिरहेका ६ जना कार्यकर्तालाई पुल्चोकबाट प्रहरीले गिरफ्तार गरेको छ । १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आब्हान गरिएको दाबी संघर्ष समितिले जनाएको छ ।

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्