Logo
३१ बैशाख २०८१, सोमबार
(December 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुन्डाई कम्पनीले छिटो चार्ज हुने ६ इलेक्ट्रिक कार लन्च गर्ने

हुन्डाई कार कम्पनीले सन् २०२८ सम्ममा भारतमा करिब ६ वटा इलेक्ट्रिक कार लन्च गर्ने भएको छ ।

यसको लागि कम्पनीले करिब ४ हजार करोड भारु लगानी गर्ने योजना बनाएको छ । कम्पनीले यसको लागि ई-जीएमपीमा आधारित प्लेटफर्मको प्रयोग गर्ने योजना बनाएको छ ।

हुन्डाई मोटर इन्डियाका प्रबन्ध निर्देशक र सीईओ एसएस किमले कम्पनीले देशमा विद्युतीय सवारी साधनको क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने तयारी गरिरहेको र ६ वटा नयाँ उत्पादनमध्ये पहिलो आगामी वर्ष सुरु गर्ने अपेक्षा गरिएको बताए ।

हुन्डाई मोटर इन्डियाले सन् २०२८ सम्ममा ६ वटा नयाँ मोडल लन्च गर्ने घोषणा गरेको छ ।हुन्डाई मोटर समूहका प्रमुखले आफ्नो बीईभी लाइन अप प्लेटफर्म इलेक्ट्रिक ग्लोबल मोड्युलर प्लेटफर्मका साथै भारतमा ब्याट्री इलेक्ट्रिक गाडीको लागि नयाँ प्लेटफर्म पेश गर्नेछ ।

किमले भने कि अटोमेकरले बीईभीलाई विभिन्न स्टाइलमा बीईभी ठुलो आकार सहित २०२८ सम्ममा पेश गर्नेछ ।हुन्डाईको ईजीएमपी प्लेटफर्ममा ७७।४ केडब्ल्युएच सम्मको ठूलो ब्याट्री क्षमता प्रदान गरिने छ ।

यसमा २डब्ल्युडी र ४ डब्ल्युडी क्षमता र राम्रो ह्यान्डलिङ हुनेछ भने २६० किलोमिटर प्रति घन्टाको टप स्पिड प्रदान गर्छ ।हुन्डाई मोटर ग्रुपले इलेक्ट्रिक सेग्मेन्टलाई बढाउनका लागि इलेक्ट्रिक भेइकल प्लेटफर्म लन्च गरेको छ ।

ई-जीएमपी नामक इलेक्ट्रिक साधन प्लेटफर्मले गाडीलाई १८ मिनेटमा फुल चार्ज गर्न सकिन्छ । ई–जीएमपी प्लेटफर्म हुन्डाई र किया मोटर्सले संयुक्त रूपमा विकास गरेको हो ।

यसलाई इलेक्ट्रिक-ग्लोबल मोड्युलर प्लेटफर्म भनिन्छ । ई-जीएमपी प्लेटफर्म वास्तवमा कारको तल्लो फ्रेम हो । यसमा सबै व्हील ड्राइभको विकल्प हुन्छ । ई-जीएमपी प्लेटफर्ममा निर्मित इलेक्ट्रिक कारले ३५० किलोवाटसम्मको चार्जिङ क्षमतालाई सपोर्ट गर्छ ।

यो प्लेटफर्मले ५०० किलोमिटरभन्दा बढी क्षमताको हाई स्पिड चार्जरले १८ मिनेटमा कारलाई ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ ।नेपाल अटो

 

प्रकाशित मिति: Dec 13, 2021

प्रतिक्रिया दिनुहोस्