Logo
५ जेष्ठ २०८१, शनिबार
(December 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी गरे कट्रिना र विक्कीले विवाह (तस्बिरसहित)

बलिउडकी चर्चित अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल हिजो बिहिबार विवाहमा बन्धनमा बाँधिएका छन् ।
कट्रिना र विक्कीले बिहिबार राजस्थानस्थित सिक्स सेन्सेज होटलमा निकै धुमधामसँग विवाह गरेका हुन् ।

यी दुईको विवाहमा अत्यधिक गोपनियता अपनाइँदै थियो । यद्यपि, प्रशासन र मिडियाको थुप्रै दिनदेखि यसमा अत्यधिक चासो थियो ।

बिहिबार कार्यक्रममा भाग लिनका लागि बलिउड उद्योग र थुप्रै स्थानबाट धेरैजना राजस्थानको सवाई माधोपुर पुगे ।
यो समारोहमा बलिउडका साथै व्यापारिक घराना र राजनीतिसँग जोडिएका हस्ती पनि समावेश भए । यद्यपि, यसमा समावेश हुनेहरुको नाम सार्वजनिक गरिएको भने छैन ।

मिडिया रिपोर्टका अनुसार विवाह समारोहमा समावेश हुनेहरुलाई यसको जानकारी सार्वजनिक नगर्न सल्लाह दिइयो ।विवाह बिहिबार भएपनि पुरा समारोहको सुरुवात ७ डिसेम्बरमा सङ्गीत कार्यक्रममार्फत् भएको थियो ।

मेहेन्दी ८ डिसेम्बरमा भएको थियो यसका लागि विश्वप्रसिद्ध सोजतको मेहेन्दी मगाइएको थियो ।

 

 

प्रकाशित मिति: Dec 10, 2021

प्रतिक्रिया दिनुहोस्