Logo
२३ बैशाख २०८१, आईतबार
(December 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिसो पेय पदार्थ खाँदै हुनुन्छ भने सावधान ! पर्छ मस्तिष्कमा असर

अहिलेको बद्लिदो समयमा चिसो पेय पदार्थ सेवन गर्ने हामी सबैको आदत भइसकेको छ । तर चिसो पेय पदार्थको सेवन गर्नु स्वास्थ्यको दृष्ट्रिकोणले हेर्दा त्यति फाइदाजनक मानिदैन ।

चिसो पेय पदार्थको धेरै सेवन गर्नाले बच्चाहरुको मस्तिकलाई असर पर्ने अनुसन्धानमा देखाइएको छ ।कोलम्बिया युनिभर्सिटीको मेलम्यान स्कुल अफ पब्लिक हेल्थ, युनिभर्सिटी अफ वेरमोन्ट तथा हार्वर्ड स्कूल अफ पब्लिक हेल्थले गरेको एक अध्ययनबाट सो तथ्य पत्ता लागेको हो ।

यस सम्बन्धमा हालै एक अध्ययन गरेको थियो । यस अध्ययनमा पाँच वर्र्षका करिब तीन हजार बालबालिकाहरुको खानपानको बानीहरुको तुलनात्मक दृष्टिले अध्ययन गरिएको थियो ।

यसमा अमेरिकाका २० ठूला सहरहरुमा आमाहरुसँग बालबालिकाहरुको चिसो पेय पदार्थ पिउने बानीका बारेमा सोधिएको थियो । त्यसैको आधारमा बाल व्यवहारको सूची भरियो ।

अध्ययनकर्ताहरुले करिब ४३ प्रतिशत बालबालिकाहरु प्रतिदिन कम्तीमा एक गिलास चिसो पेय पदार्थ पिउने गर्दछन् तथा चार प्रतिशत बालबालिकाहरु दैनिक चार वा यसभन्दा धेरै गिलास चिसो पेय पदार्थ पिउने गरेको कुरा पत्ता लागेको थियो ।

अध्ययनपछि उनीहरु यस नतिजामा पुगे कि चिसो पेय पदार्थमा पाइने सोडाले बालबालिकाहरुमा आक्रामकता, विरक्ति तथा ध्यान केन्द्रित गर्ने जस्ता समस्याहरु पैदा गर्ने गरेको पाइएको छ ।

जो बालबालिकाहरु प्रतिदिन चार वा त्योभन्दा धेरै पटक चिसो पेय पदार्थ पिउँदछन्, उनीहरु अरु बच्चाहरुको तुलनामा विभिन्न चिजहरु धेरै तोडफोड गर्दछन्, धेरै झगडा गर्दछन् साथै उनीहरु आफूभन्दा ठूला मानिसहरुमाथि वा आफ्नो उमेर समूहका बालबालिकाहरुमाथि आक्रमण गर्ने गर्दछन् ।

प्रकाशित मिति: Dec 7, 2021

प्रतिक्रिया दिनुहोस्