Logo
२५ बैशाख २०८१, मंगलबार
(November 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इच्छाराज तामाङसहित तीनविरुद्ध ऋणको साँवा व्याज भुक्तानी गर्न सञ्चय कोषको ३५ दिने अल्टिमेटम

कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङसहित तीन जनाविरुद्ध ऋणको साँवा व्याज भुक्तानी गर्न सार्वजनिक सूचना जारी गर्दै ३५ दिने अल्टिमेटम दिएको छ ।

कर्मचारी सञ्चय कोषले सोमबार सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सहितको नाममा सार्वजनिक सूचना गरी गर्दै ऋणको साँवा व्याज भुक्तानी गर्न आग्रह गरेको हो ।

कोषले सूचना जारी गर्दै ३५ दिनभित्र सम्पूर्ण सावाँ, ब्याज, ब्याजमा लाग्ने जरिवाना र अन्य जरिवाना चुक्ता गर्न भनेको छ ।उक्त समय अवधिभित्र ऋण चुक्ता नगरे कोषले धितो लिलाम गरेर रकम असुल गर्ने बताएको छ ।

इच्छाराजले सिभिल इस्टेटसका अध्यक्ष इच्छाराज तामाङ सहित सञ्चालकहरु शिवलाल श्रेष्ठ, केशवलाल श्रेष्ठ, विजय कुमार मुखिया र प्रविण मुखियाको नाम समेत सूचनामा प्रकाशित गरिएको छ ।

कोषले धितोकोरुपमा रहेको सुन्धारास्थिति ६ रोपनी क्षेत्रफलमा रहेको सिटिसी मल र सो निर्माण गरिएको ८२ हजार ९५ वर्गफिट बराबरको पसल समेत लिलाम गर्ने जनाएको छ ।

 

प्रकाशित मिति: Nov 22, 2021

प्रतिक्रिया दिनुहोस्