Logo
१७ बैशाख २०८१, सोमबार
(October 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारको नेतृत्वमा चौथों दल : एमाले फुटाएर सत्तामा पुग्ने नेपालको प्रयास सफल

एमाले फुटाएर सत्ताको बाघडोर सम्हालने माधव नेपालको प्रयास सफल हुँदै जान थालेको छ ।

नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशबाट पहिलो मुख्यमन्त्री पाएको छ।

एमालेबाट फुटेर नयाँ पार्टी बनेको दुई महिना नपुग्दै नेपाल नेतृत्वको पार्टीले सबैभन्दा ठूलो लाभ बागमतीबाट लिएको हो।

संघीय सरकारमा चार मन्त्री र एक मन्त्रीसहित सहभागी भइसकेको नेपाल नेतृत्वको पार्टी बागमतीबाट मुख्यमन्त्री यात्रा थालेको हो।

बागमतीबाट मुख्यमन्त्रीको ढोका खोलेको समाजवादीले प्रदेश १ मा पनि नेतृत्व लिने सम्भावना छ। गठबन्धन दलबीच सहमति भएमा आगामी कात्तिक १५ गते प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने छन्।

नेकपा विभाजनपछि राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई हार चखाएर अघि बढेका नेपालले समाजवादी गठनपछि प्रदेश सरकारको पहिलो नेतृत्व बागमतीबाट लिएका हुन्।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन नसक्ने भएपछि बुधबार मात्रै बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएकी छन्।

मुख्यमन्त्री शाक्यको राजीनामासँगै १ सय ५ सदस्यीय प्रदेश सभाको बहुमत अर्थात् ५९ जनाको समर्थन पाएका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले उक्त पद बिहीबारदेखि सम्हाल्दैछन्।

प्रकाशित मिति: Oct 28, 2021

प्रतिक्रिया दिनुहोस्