Logo
१७ बैशाख २०८१, सोमबार
(October 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमतीमा भौतिक पूर्वाधार मन्त्री भँडेल र आन्तरिक मामिला खनाल बन्ने

आज बागमती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बन्दैँ छन् ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् ।उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दैछन् ।

बागमतीमा कृष्णप्रसाद खनाल आन्तरिक मामिला, कृष्णलाल भँडेल भौतिक पूर्वाधार र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने भएका छन् ।

एमाले विभाजन भएपछि १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् ।

कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थनमा पाण्डेले बुधबार नै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।तत्काल तीन मन्त्रीसहित मुख्यमन्त्री पाण्डे सरकारमा जाने र तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ ।

प्रकाशित मिति: Oct 28, 2021

प्रतिक्रिया दिनुहोस्