Logo
१७ बैशाख २०८१, सोमबार
(October 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडी बढ्नुपर्छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडी बढ्नुपर्ने बताएका छन् ।

बिहीबार नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडी बढ्नुपर्ने बताए ।

विद्युतीय माध्यमको फाइदा धेरै भएकोले डिजिटल प्रविधिलाई समयसँगै अघि बढाउनु पर्नेमा उनको जोड थियो । क्यूआर कोर्ड मार्फत् भूक्तानी गर्दा समयको बचतसँगै पैसा लेनदेनसम्बन्धी अनेकन झन्झटबाट मुक्ति पाइने उनको भनाइ छ ।

गभर्नर अधिकारीले डिजिटल नेपालको अभियानलाई चाँडै सफल बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

उनले क्यूआर कोर्डको महत्व नेपालको राष्ट्रिय हितको सन्दर्भमा विशेष रहेको बताउँदै सबैले आन्तरिक लाभ लिन सकिने र यसका लागि नेपाल राष्ट्र बैंकले प्रोत्साहित गरिरहेको दाबी गरे ।

 

 

प्रकाशित मिति: Oct 28, 2021

प्रतिक्रिया दिनुहोस्