प्रधानन्यायाधीशले पेसी तोके पनि सर्वोच्चमा आज कुनै सुनुवाइ नहुने
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नै एकल इजलासमा पेसी तोके पनि आज विहीबार कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको छ ।
सर्वोच्च अदालमा पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधनको शोकमा बिहीबार कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको हो ।
लम्सालको बिहीबार बिहान निधन भएको थियो भने उनको निधनप्रति शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बोलाइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबार आफ्नै एकल इजलासमा मुद्दाको पेसी तोकेका थिए ।