Logo
२४ बैशाख २०८१, सोमबार
(October 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह मन्त्रालयले गर्यो १३ उपसचिवको सरुवा

गृह मन्त्रालयले १३ उपसचिवहरुको सरुवा गरेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतलाई राष्ट्रिय परिचय पत्र तथा पञ्किरण विभागमा ल्याइएको छ भने श्रीधर केसीलाई सुर्खेतको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाएको छ ।

यस्तै ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारीमा हरि पन्तलाई खटाएको छ । लक्ष्मण ढकाललाई कारागार व्यवस्थापन विभाग, मोहनप्रसाद अर्याल इलाका प्रशासन कार्यालय बारा, वासुदेव घिमिरे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नारायण पाण्डे इलाका प्रशासन कार्यालय चन्द्रौटा, ईश्वरीप्रसाद ढकाल कास्कीको सहायक प्रमुख जिल्ला अधिकारी, विष्णु पौडेल सहायक प्रमुख जिल्ला अधिकारी बाँके, मिना अर्यालको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग, सागर शाहलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन र इलाका प्रशासन कार्यालय उर्लाबारीका श्रवणकुमार पोखरेललाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।

प्रकाशित मिति: Oct 28, 2021

प्रतिक्रिया दिनुहोस्