Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अक्षय कुमारको ‘गोरखा’ चलचित्रको फस्ट लुक पोस्ट रिलिज

बलिउड अभिनेता अक्षय कुमारको तेस्रो चलचित्र ‘गोरखा’ को फस्ट लुक पोस्ट रिलिज भएको छ ।
अतरंगी र रक्षा बन्धनपछि अक्षय कुमार र आनन्द एल रायको तेस्रो चलचित्र ‘गोरखा’ को फस्ट लुक पोस्ट रिलिज भएको हो।

यो भारतीय सेनाको गोरखा रेजिमेन्ट पाँचौ गोरखा राइफल्सका एक महान् अफिसर मेजर जनर इयान कार्डोजोको जीवनमा आधारित रहेको छ ।

चलचित्रको निर्देशन राष्ट्रिय पुरस्कार विजेता सञ्जय पूरन सिंह चौहानले गर्नेछन् । इयान कार्डोजोले सन् १९६२, १९६५ र विशेष गरेर १९७१ को भारत-पाकिस्तान युद्धमा भाग लिएका थिए ।

दसैँको अवसरमा अक्षयले फस्ट लुक पोस्टर शेयर गरेका थिए । उनले लेखेका छन्, ‘कहिले–कहिले तपाईंको सामु यस्ता कथाहरु आउँछन् जो यति प्रेरणादायी हुन्छन् कि तपाईंं त्यसलाई बनाउन चाहनुहुन्छ । गोरखा – महान् युद्ध नायक मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित यस्तै एक फिल्म हो । एक आइकनको भूमिका निभाउन र यस विशेष चलचित्र प्रस्तुत गर्दा म सम्मानित महसुस गरिरहेको छु ।’

प्रकाशित मिति: Oct 19, 2021

प्रतिक्रिया दिनुहोस्