Logo
५ जेष्ठ २०८१, शनिबार
(September 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलियाले मिल्ने साथीसँग छुट्टी मनाएको तस्बिर भयो भाइरल !

बलिउड अभिनेत्री आलिया भट्ट चर्चीत अभिनेत्री मध्येकी एक हुन् । आलिया सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । विशेषगरी आफ्ना मिल्ने साथीहरुको उनी सामाजिक सञ्जालमार्फत प्रशंसा गर्ने गर्छिन् ।

आलियाले कहि दिन अगाडी सोसल मिडियामा सार्वजनिक गरेको एउटा तस्बिर अहिले चर्चामा रहेको छ । उनले साथीहरुसँग छुट्टी मनाउन जाँदाको फोटो शेयर गरेकी हुन् ।

आलिया र उनका साथीहरू यो फोटोमा अत्यन्तै हट देखिन्छन् । आलियाले तस्बिरमा गुलाबी रंगको बिकिनी र सेतो पारदर्शी शर्ट लगाएको देखिन्छ ।

यही, उनकी साथी आकांक्षा बैजनी रंगको बिकिनीमा देखिन्छन् । फ्यानहरूले आलिया र यी नायिकाका साथीहरुको तस्बिरलाई निकै मन पराएका छन् ।

फोटोमा देखिएका आकांक्षा रञ्जन आलियाकी सबैभन्दा मिल्ने साथी हुन् । उनीहरु बाल्यकालदेखिकै साथीहरू हुन् । पार्टी वा अन्य समारोहमा पनि आकांक्षा प्रायः आलियासँगै देखिन्छिन् ।

आलियाले आकांक्षालाई जन्मदिनका अवसरमा दिएको शुभकामना सन्देशमा पनि धेरै फ्यानहरूले लाइक र कमेन्ट गरेका छन् ।एजेन्सी 

 

 

 

प्रकाशित मिति: Sep 22, 2021

प्रतिक्रिया दिनुहोस्