Logo
५ जेष्ठ २०८१, शनिबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोर्नोग्राफी मुद्दामा जमानत पाएका शिल्पाका पति राज कुन्द्रा दुई महिनापछि रिहा !

पोर्न फिल्म बनाएको अभियोगमा पक्राउ परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा रिहा भएका छन् ।

पोर्न फिल्म बनाएको अभियोगमा हिरासतमा रहेका व्यवसायी कुन्द्रा र उनसँगै गिरफ्तार भएका रेयान थोर्पे मजिस्ट्रेट अदालतको जमानतमा मंगलबार कारागारबाट रिहा भएका हुन् ।

मुख्य न्यायाधीश एसबी भाजीपाको इजलासले सोमबार ५० हजार धरौटीमा कुन्द्राको जमानत स्वीकार गरेको थियो ।दुई महिना पहिला पोर्न फिल्म बनाएको अभियोगमा मुम्बई क्राइम ब्रान्चले उनलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा उनलाई अर्थर रोड जेलमा राखिएको थियो । मंगलवार दिउँसो उनी रिहा भएका हुन् ।१९ जुलाईमा पक्राउ परेका कुन्द्रामाथि मुम्बई प्रहहरीले आईपीसी, सूचना प्रविधि ऐन र स्त्री अशिष्ट प्रतिनिधि ९प्रतिषेध० ऐनअन्तर्गत मुद्दा चलाएको थियो ।

अब कुन्द्राले बाहिरै बसेर मुद्दामा कानूनी लडाइँ लड्ने छन् ।

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्