Logo
२५ बैशाख २०८१, मंगलबार
(September 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पौडेल, कोइराला, सिंहले शेरबहादुर देउवासित भेटे

नेपाली कांग्रेसको संस्थापनइतर समूहमा रहेका नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासित भेटवार्ता गरेका छन् । आज बिहान उनीहरू देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, मीनेन्द्र रिजाल र जीवनबहादुर परियारले देउवालाई भेटेका हुन् । उनीहरूबीचको भेटवार्ता पार्टीको १४औँ महाधिवेशनका क्रममा देखिएको विवादमा केन्द्रित थियो ।

पौडेलसहितका नेताले डडेलधुरालगायत २१ जिल्लाको विवाद मिलाएर मात्रै पालिका अधिवेशन गर्न देउवासित माग गरेको बताइएको छ ।

प्रकाशित मिति: Sep 9, 2021

प्रतिक्रिया दिनुहोस्