Logo
२५ बैशाख २०८१, मंगलबार
(September 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुधबार थप १६४० जनामा कोरोना पुष्टि, १० संक्रमितको मृत्यु

आज देशभर थप १६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणका क्रममा थप १ हजार ६ सय ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।

९ हजार७ सय ६७ पीसीआर र ३ हजार ६ सय ८८ जनाको एन्टीजेन गरि १३ हजार ४ सय ५५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ।बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७३ हजार ५२९ पुगेको छ ।

त्यस्तै आज कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै अहिलेसम्म १०८८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

आज २ हजार १६१ जना कोरोना  संक्रमितको निको भएका छन् । यससँगै ७ लाख ३३ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ जना रहेका छन् । जसमध्ये २७ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ४८८ जना आईसीयू र १४० जना भेन्टिलेटरमा उपचाररत् छन् ।१० वर्ष मुनिका २७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्षम उमेर समूहका १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: Sep 8, 2021

प्रतिक्रिया दिनुहोस्