Logo
२६ बैशाख २०८१, बुधबार
(September 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२२ दलीय गठबन्धनले काठमाडौंमा गरे एमसीसीविरुद्ध प्रदर्शन

एमसीसीविरुद्ध २२ दलीय गठबन्धनको काठमाडौंमा प्रदर्शन गरेको छ ।२२ दलीय गठबन्धनले अमेरिकी सहयोग एमसीसीविरुद्ध विरोध आज काठमाडौं प्रदर्शन गरेको हो ।

काठमाडौंको माइतीघरदेखि नयाँबानेश्‍वरसम्‍म एमसीसी सम्झौता खारेजीको माग गर्दै गठबन्धनले विरोध प्रदर्शन गरेको हो ।उनीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसीविरुद्ध आवाज उठाउनेको धर-पकड बन्द गर, भारतीय विस्तारबार बन्द गर, जय सिहं धामिलाई न्याय दे जस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।

काठमाडौंको माइती घरमा प्रहरी र पदर्शनकारीको भिड भएको थियो । प्रदर्शनमा गठबन्धनको तर्फबाट सीपी गजुरेल, नेकपा मालेका अध्‍यक्ष सीपी मैनाली लगायत सहभागी थिए ।

आज एमसीसीबारे छलफल गर्न प्रतिनिधि सभाको अधिवेशन बस्दैँ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालकै हितमा रहेको भन्दै सांसदहरुलाई त्यसबारेको भ्रम चिर्न निर्देशन दिएका थिए ।

सरकारले एमसीसी सदनबाट पास गर्ने तयारी आइरहेको बेला एमसीसीविरुद्द जनसागर सडकमा विरोधमा उत्रिरहेको छ । त्यस्तै एमालेले पनि एमसीसी मुलुकको हितमा नरहेको निष्र्कष निकालेको छ ।

प्रकाशित मिति: Sep 8, 2021

प्रतिक्रिया दिनुहोस्