Logo
२५ बैशाख २०८१, मंगलबार
(September 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप १८९७ जनामा कोरोना पुष्टि,१७४३ संक्रमणमुक्त र २० को मृत्यु

आज देशभर थप १८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरमा गरिएको ११ हजार ६ सय ९ पीसीआरमा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७० हजार ७७९ पुगेको छ ।

यस्तै आज थप कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ । आज देशभर थप १ हजार ७४३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै ७ लाख २८ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ जना रहेका छन् । जसमध्ये २८ हजार ९११ जना होम आइसोलेसनमा रहेका छन् भने २ ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५१२ जना आईसीयू र १६३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१८, चितवनमा १५६, झापामा १२५, कास्कीमा १२४ र भक्तपुरमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रकाशित मिति: Sep 6, 2021

प्रतिक्रिया दिनुहोस्